Comments Add Comment

पेट्रोलियम पदार्थ अभावले विद्युत् आयोजना निर्माण ठप्प

१० मंसिर, रसुवा  । भूकम्पपछि सहज वातावरण हुँदै गए पनि इन्धन लगायत समस्याले १११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको निर्माणले निरन्तरता पाउन सकेको छैन ।

Rasuwa Gadhi Hydro Power Compunyगत वैशाख १२ गतेको भूकम्पले बन्द रहेको सो आयोजनाको काम आवश्यक इन्धन र भूकम्पका कारण अघि बढेको छैन ।

उपकरण चीनबाट आयात गरी निर्माण तीव्र रुपमा अगाडि बढाउने कार्यमा सहज पारिदिन यहाँ कार्यरत प्राविधिकले व्यवस्थापिका–संसद, विकास समितिका पदाधिकारीलाई आग्रह गरेका छन् ।

यस्तै ५७.१ मेगावाट क्षमताको साङ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण अगाडि बढ्न सकेको छैन । आयोजना प्रमुख गिरिराज अधिकारीका अनुसार इन्धन अभावका कारण उपकरण चलाउन नसक्दा दसैँपछि निर्माण स्थगन भएको छ । रसुवागढी र साङ्जेन दुवै आयोजनाको सुरुङ निर्माण करिब ३० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment