Comments Add Comment

अनन्तलाई हराउँदै पुष्कर बने प्राविधिक संघको अध्यक्ष

puskar-lama
नेपाल चलचित्र प्राविधिक संघले २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । वुधबार राती सम्पन्न चुनावी अधिवेशनबाट पुष्कर लामा अध्यक्ष पदमा विजयी भएका हुन् । उनले १ सय ६० मत प्राप्त गरेका थिए । उनका प्रत्यासी अनन्त तिमिल्सिनाले १ सय २१ मत प्राप्त गरेका थिए ।

पुष्कर अघिल्लो कार्यसमितीमा उपाध्यक्ष थिए भने अनन्त महा-सचिव । अध्यक्ष पदका लागि राजु केसीले पनि उम्मेदवारी दिएका थिए ।

प्राविधिक संघको नयाँ नेतृत्वले हिजो नै सपथ ग्रहण गरेको छ । विशेषगरि, ३ पटकसम्म विदेशमा नेफ्टा अवार्ड गरेपछि प्राविधिक संघ चर्चामा आएको थियो । नयाँ नेतृत्वको उपाध्यक्ष पदमा अरुण रेग्मी र गणेश सापकोटा, महासचिवमा सुरज आचार्य, कोषाध्यक्षमा गीता पौडेल, सचिवमा शंकर पाण्डे विजयी भएका छन् ।

यस्तै, सदस्यहरुमा श्याम बहादुर तामाङ, विनोद लामा, देवीप्रसाद दाहाल, शोभा श्रेष्ठ, दुर्गा प्रसाद पौडेल, संगीता लामा, योगेश्वर पौडेल, दिनेशकुमार राई, सालिकराम दुलाल, रविन आचार्य, दिलिप पन्त विजयी भएका छन् ।

चुनावी अधिवेशन अगाडि उद्घाटन तथा प्राविधिक सम्मान कार्यक्रम र त्यसपछि बन्द सत्र चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment