Comments Add Comment

पेट्रोल पम्पमा सिलबन्दी

१० मंसिर, धनगढी,। कैलाली जिल्लाको अत्तरिया नगरपालिका-१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ ।

प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प (डिजिटल मेसिन) लाई आफू अनुकूल बनाई इन्धन बिक्रीवितरण गरिरहेको अवस्थामा फेला पारेको हो ।

उक्त सेन्टरमा फलामको अङ्कुशे लगाई प्रतिदश लि इन्धन बिक्री गर्दा २५० देखि ४०० मिलि कम इन्धन बिक्री गरी कालोबजारी गर्ने गरिएको पाइएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

अनुगमन टोलीले उक्त पेट्रोल पम्पमा प्रयोग गरिएको फलामको अङ्कुशेसहितको मेसिन जफत गरी पम्पमा टाँचा लगाएको छ । सञ्चालक देवनारायण यादवलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment