Comments Add Comment

हिन्दी चलचित्र बन्द गराउने बिषयमा बोर्ड अध्यक्षको समर्थन, ‘तमाशा’ के होला ?

tamasha-photo
भारतको नाकाबन्दीको विरोधस्वरुप ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विहिबारदेखि नेपालमा हिन्दी चलचित्र र भारतीय टेलिभिजन च्यानल बन्द गराउने बताएको छ ।

नेकपा माओवादीले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन पत्राचर गरेको छ ।

केबल र हल सञ्चालकहरुलाई हिन्दी च्यानल र चलचित्र बन्द गर्न भनेको तर, त्यसमा साथ नदिए राष्ट्रिय स्वाधिनताका लागि आफ्नै तरिकाले बन्द गर्न आफ्ना इन्जिनियरहरु तयार रहेको माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भनाई छ ।

भारतले गरेको अघोषित नाकाबन्दीलाई नेपाली सार्वभौममाथिको हस्तक्षेप भन्दै विप्लव नेतृत्वको माओवादीले हिन्दी चलचित्र र च्यानल प्रशारणमा रोक लगाउने निर्णय गरेको हो ।

केही अघि नाकाबन्दीको विरोधमा केबुल सञ्चालकहरुले स्वस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए । तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द् रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु भएको थियो ।

ब्यक्तिगत रुपमा मेरो समर्थन: बोर्ड अध्यक्ष
हिन्दी चलचित्र र केबुल बन्दको विषयमा आफूलाई औपचारिक जानकारी नआएको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको भनाई छ ।

अनलाइनखबरसँग कुरा गर्दै राईले भने-‘म स्वदेशी चलचित्रको प्रवर्द्धनका लागि लागेको मान्छे हुँ । ब्यक्तिगत रुपमा मेरो पनि समर्थन छ ।’

तर, अहिले आफू बोर्डको अध्यक्ष पनि भएकाले कसरी अगाडि बढ्ने भन्नेमा सम्बन्धित निकायमा छलफल गरेर मात्रै अघि बढ्ने बताए । स्वदेशी चलचित्रको विकासका लागि विदेशी चलचित्र बाधक भएको अनुभव गरेका राई हिन्दी चलचित्रलाई निषेध गर्ने पक्षमा छैनन् । ‘निषेध होईन ब्यबस्थित गर्नुपर्छ । म त्यसका लागि काम गर्दै छु ।’ उनले भने ।

अहिले काठमाडौमा सलमान खान अभिनित हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ प्रदर्शन भईरहेको छ । भोलीबाट रणवीर कपुर र दीपिका पादुकोण अभिनित चलचित्र ‘तमाशा’ प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment