Comments Add Comment

बिमानभित्रै बच्चा जन्माउन सघाए फ्रान्सका पूर्वमन्त्रीले

french_ex_minsiter
१० मंसिर, काठमाडौं । उडानकै बीचमा एक गर्भवती महिलालाई प्रशव वेदनाले च्यापेपछि फ्रान्सका पूर्व विदेशमन्त्री बच्चा जन्माउन सघाएका छन् । फ्रान्सका पूर्व विदेश मन्त्री फिलिप ड्रस्ट ब्लाजी गैबनको राजधानी लिब्रेबिबाट एयर फ्रान्सको उडानमा पेरिस आउने क्रममा यो घटना भएको थियो ।

बिमान अल्जेरियामाथि उडान गरिरहेको बेलामा महिलालाई व्यथाले च्यापेको थियो । त्यसपछि एयरहोस्टेसले ‘अनाउन्समेन्ट’ गर्दैे बिमानको कोहि डाक्टर भए सघाउनका लागि आग्रह गरेकी थिइन् । ड्रस्ट ब्लाजी विश्व स्वास्थ्य संगठनको एक सम्मेलनबाट फर्किरहेका थिए । उनी एक डाक्टर हुन् जो पहिले कार्डियोलोजिस्टका रुपमा काम गर्थे ।

अनाउसमेन्ट सुन्नासाथ उनी महिलातर्फ लम्किए र बच्चा जन्माउन सघाए । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

पूर्वमन्त्री ब्लाजी भन्छन्, ‘एक भर्खरकी महिला सात महिनाकी गर्भवती रहिछन् र प्रसव पिडामा चिच्याइरहेकी थिइन् । मैले बिमानको भूईंमा तौलिया र तकिया राखेर उनलाई सुताई बच्चा बाहिर निकालेँ ।’ ड्रस्ट ब्लाजी सन् २००५ देखि २००७ सम्म फ्रान्सका विदेशमन्त्री थिए । अहिले उनी संयुक्त राष्ट्रसंघमा काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment