Comments Add Comment

आयल निगमको कालोबजारी काइदाः बन्द सिमेन्ट उद्योगलाई तेल दिइयो

सलमान खान

१० मंसिर, भैरहवा । नेपाल आयल निगमको भलवारी डिपोले बन्द रहेको सिमेन्ट उद्योगलाई समेत तेल दिएको पाइएको छ ।

belahiya ma mini petrol pump=

नियमविपरीत तेल दिएको खुलेपछि भलवारी डिपोका तत्कालीन प्रमुख दिनेशकुमार यादव काठमाडौं तानिएका छन् । तर, उनले भलवारीमा रहँदा शंकास्पदरुपमा नवलपरासीको बन्द रहेको सिमेन्ट उद्योगका नाममा समेत १२ हजार लिटर डिजेल दिएको भेटिएको हो ।

सो उद्योगका सञ्चालकका अनुसार तराई मधेसमा जारी आन्दोलनका कारण सर्वोत्तम सिमेन्ट उद्योग असोज महिनामा बन्द थियो । तर, सो उद्योग कात्तिक ५ गतेबाट खुलेको छ ।

भलवारी डिपोले असोजमा बन्द भएको उद्योगलाई समेत डिजेल दिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरी त्यसरी तेल दिइएको हो ।

इन्धनको चरम अभाव भएका बेला डिपोले एउटा उद्योगलाई पटक-पटक डिजेल किन दिइयो भन्ने प्रश्न उब्जिएको पश्मिाञ्चल पेट्रोलियम डिलर्स एसोसियसन रुपन्देहीका अध्यक्ष प्रेम न्यौपानेले बताए ।

सो उद्योगले सिमेन्ट बनाउनमा प्रयोग हुने कच्चा पदार्थ क्लींकर उत्पादन गर्छ । र, भलवारीबाट यो उद्योगले दुई पटकमा गरी ११ हजार ९ सय ९५ लिटर डिजेल लगेको भेटिएको छ ।

नाकाबन्दीपछि सर्वोत्तम सिमेन्टलाई पहिलोपटक असोज ११ गते ६ हजार लिटर डिजेल दिएएको छ । सो डिजेल भलवारी डिपोबाट ना १ ख ८८७० नम्बरको ट्यांकरमा पठाइएको थियो ।

त्यस्तै डिपोले कात्तिक १५ गते उद्योगलाई ५ हजार ९ सय ९५ लिटर डिजेल दिएको देखिएको छ । भलवारी डिपोले उक्त परिमाणको डिजेल उद्योगको प्यान नम्बरबिना बिक्री गरेको समेत पाइएको छ ।

यस विषयमा तत्कालीन डिपो प्रमुख दिनेश कुमार यादवले सर्वोत्तम सिमेन्टलाई इन्धन दिए/नदिएको बारेमा आफुलाई जानकारी नरहेको बताए ।

सिमेन्ट उद्योगका नाममा जारी भएको बील
सिमेन्ट उद्योगका नाममा जारी भएको बील

भलवारी डिपोका सहायक प्रबन्धक रामजी ज्ञवालीले भने ठूलो करदाता भएका कारण उद्योगलाई डिजेल उपलब्ध गराइएको तर्क गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने ठुला करदाता भन्दैमा सिमेन्ट उद्योगलाई १२ हजार लिटर डिजेल दिन नमिल्ने बताए । उनले सरकारको नीतिअनुरुप अति आवश्यक औषधि र अक्सिजन ग्यासका उद्योगका लागि मात्र प्रशासनले इन्धन सिफारिस गरेको जानकारी दिए ।

उद्योगीहरुले भने बन्द र हडतालको मारमा परेका उद्योगहरुले तेल पाउनुपर्ने बताउँदै आएका छन् ।

2072.07.15 ko bill.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment