Comments Add Comment

दुबईको ब्यापारिक प्रतिष्ठानले दियो सरकारलाई तीन करोडको औषधि 

medicine-to-govt

काठमाण्डौ । भारतीय नाकाबन्दीका कारण औषधि अभाव भइरहेका बेला दुबईमा रहेको एनएमसी ग्रुपले नेपाल सरकारलाई तीन करोड ६० लाख रुपैयाँ बराबरको औषधि प्रदान गरेको छ ।

ग्राण्डी अस्पतालमा बुधबार आयोजित कार्यक्रममा औषधि ल्याउन सहजीकरण गरेका ब्यबसायी डा. उपेन्द्र महतोले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई सो औषधि हस्तान्तरण गरे । एनएमसी ग्रुपले सरकारलाई तीन करोड साठी लाख र महतोले स्थापना गरेको फूलकुमारी महतो ट्रष्टलाई एक करोड ४० लाख रुपैयाँ बराबरको अत्याबश्यक औषधि प्रदान गरेको हो ।

कार्यक्रममा डा. महतोले एनएमसी ग्रुपले प्रदान गरेको औषधि हिमाल, पहाड र तराई सवैतिर बितरण गरिने बताए । स्वास्थ्यमन्त्री चौधरीले नेपालमा मानवीय संकट परेका बेला सहयोग गर्ने दातृ संस्थालाई धन्यबाद दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा बन, प्रवक्ता रन्जु थापा, पूर्व उपाध्यक्ष टीवी कार्कि लगायत उपस्थीत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment