Comments Add Comment

लुधियानाको होटल खाली गराए आमिरले, सोधे-‘माहोल कस्तो छ ?’

aamir-khan
भारतमा बढ्दै गएको असहिष्णुताको बिषयमा आफ्नो भनाई सार्वजनिक गरेपछि अहिले बलिउडका नायक आमिर खान विवादको घेरामा छन् । उनको समर्थन र विरोधमा भारतका विभिन्न स्थानमा जुलुस निकालिएको छ । सरकारको नेतृत्व गरिरहेको वीजेपी पार्टीका कार्यकर्ताले उनको तस्बिर जलाएका छन् । यसैले पनि आमिरको सुरक्षा अहिले प्रहरीका लागि चुनौतीको बिषय बनेको छ ।

आमिर आफ्नो नयाँ चलचित्र ‘दंगाल’को छायांकनका लागि लुधियाना पुगेका छन् । उनी पुग्नु अगाडि नै शिव सेनाले उनी बस्ने होटल अगाडि प्रदर्शन गरेको थियो । यसैले पनि आमिरको सुरक्षा कडा बनाइएको छ ।

आमिर होटलको जुन फ्लोरमा बसेका छन्, त्यो फ्लोरका सबै कोठा खाली गराइएको छ । वुधबार राती डीसीपी नरेन्द्र भार्गव, एसीपी रुपिन्दर कौर सराह सुरक्षा जाँचका लागि पुगेका थिए । यो होटल फिरोजपुर रोडमा छ । यसैले सडकमा पनि प्रहरी गस्ती बढाइएको छ ।

होटलमा पुग्ने वित्तिकै आमिर पनि सुरक्षाका बिषयमा गम्भिर देखिएका छन् । उनले आफ्नो कोठामा चिया लिएर पुगेका वेटरलाई लुधियानाको माहोलको बिषयमा सोधेका छन् । वेटरले उनलाई आमिरको विरुद्धमा वुधबार बिहानै प्रदर्शन भएको जानकारी गराएका थिए । आमिरले आफ्नो सुरक्षा व्यवस्थालाई लिएर सन्तुष्टी जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment