Comments Add Comment

उपेन्द्र यादवलाई बोल्न दिएपछि संसदमा कांग्रेसको हंगामा

Samsad-narabaji

  • फाइल तस्वीर

१० मंसिर,काठमाडौं । सभामुख ओनसरी घर्तीले आफूभन्दा पहिले पहिले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्ने समय दिएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा हंगामा खडा गरेको छ ।

व्यवस्थापिका संसदको विहिवारको बैठक शुरु हुनासाथ प्रमुख विपक्षी कांग्रेस सहित विपक्षी दलका सांसदहरु आ आफ्नो ठाउँबाट उठेर बोल्ने समय मागेका थिए । ढ्याप ढ्यापे समयमा सभामुख घर्तीले शुरुमै उपेन्द्र यादवलाई बोल्ने समय दिइन् ।

यादवलाई बोल्ने समय दिनासाथ कांग्रेस सांसदहरु उठेर होहल्ला गर्न थाले । उनीहरुले संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षलाई सबैभन्दा पहिले समय दिनुपर्ने भन्दै बैठक अघि बढ्न नदिने भन्दै कराए ।

कांग्रेस सांसदहरु एकोहोरो होहल्ला गरिरहेपछि सभामुखले पटक पटक बस्न आग्रह गर्दै उनीहरुलाई पनि बोल्न समय दिने बताइन् ।

सभामुख घर्तीले सांसदहरुले बोल्न हात उठाएपछि कसलाई समय दिने भन्ने आफ्नो अधिकार रहेको भन्दै बस्न अन्तिम पटक आग्रह गर्दा पनि होहल्ला नरोकिएपछि मंसिर १५ गतेसम्मलाई बैठक स्थगित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment