Comments Add Comment

रेखालाई माया गर्ने ‘डल्ली’, फेरियो थापाको पहिरन र बोली

rekha-in-jau-hida-pokhara-premier
नायिका रेखा थापा बिबाह गर्ने कुरा त गर्छिन् । तर, आफूले खोजे जस्तो साथी नपाएको उनको भनाई छ । रेखा अहिले आफ्नी आमाको साथमा बस्दै आएकी छिन् । रेखाका लागि अब चलचित्रको पर्दा मात्र सिमित रहेन । उनी, राजनीतिमा पनि आउने कुरा गर्छिन् ।

रेखा थापाले अभिनय गरेको चलचित्र ‘जाउँ हिड पोखरा’ भोलीबाट लाग्दैछ । यो चलचित्रको प्रिमियर वुधबार बेलुकी काठमाण्डौको बीग सिनेमामा गरियो । प्रिमियरमा सहभागी हुन नायिका रेखा थापा आफ्नो परिवार सहित नै पुगेकी थिइन् ।

आमा, दिदी, दिदीका छोराको साथमा पुगेकी रेखाको पहिरन र बोली फेरियो । कार्यक्रममा छोटा पहिरन लगाउने रेखा अहिले राजनीतिक दलका नेतृले लगाउने जस्तो पहिरन लगाउन थालेकी छिन् । उनी, सामान्य गफ भन्दा देशका बारेमा कुरा गर्न थालेकी छिन् । सायद, यो रेखाको जीवनमा आएको परिवर्तन हुनसक्छ ।
तर, परिवारसँगै रेखाको साथमा एक कलाकार पनि देखिइन्, जो उनीसँग खुबै नजिक थिइन् ।

चलचित्र ‘नोभेम्बर रेन’की कलाकार छुल्ठिम गुरुङ रेखाको साथमा देखिइन् । ‘डल्ली’ नामले चिनिएकी छुल्ठिमको निकटता रेखासँग कती नजिक थियो भन्ने वुझ्नलाई उनले रेखालाई गरेको केयर हेर्दा पुग्थ्यो ।
jau-hida-in-rekha
शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रले रेखा थापाकै कथालाई प्रस्तुत गरेको छ । एक स्टार र उसको जीवनमा आइपर्ने विभिन्न खालको घटनालाई चलचित्रले देखाएको छ । नायक जीवन लुइटेल रेखाको फ्यानको रुपमा पर्दामा देखिएका छन् । भोलीबाट यो चलचित्र देशभरका करिब ८० वटा पर्दामा एकसाथ प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment