Comments Add Comment

तस्करीको तेल नियन्त्रणमा लिएर मधेसी मोर्चाले प्रहरीलाई बुझायो

१० मंसिर, भैरहवा । भारतबाट अवैध रुपमा ल्याइएको इन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

Guljari-and-Policeपूर्व कृषि राज्यमन्त्री एवं मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) नेतृत्वमा खेटेको कार्यकर्ताको टोलीले तस्करी गरेर ल्याइएको इन्धन नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको मधेसी मोर्चाले जनाएको छ ।

भारतबाट तस्करी गरेर बा ८ च ७२७५ नम्बरको बोलेरो गाडीमा ल्याइएको २ हजार लिटर डिजेल आफ्नो नेतृत्वमा खटेको कार्यकर्ता टोली भैरहवाको सिदार्थनगर नगरपालिका ६ उद्योगपुरीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष आमेप्रकाश यादव (गुल्जारी)ले बताए । आवश्यक कारवाहीको लागि प्रहरीले उक्त तेल र गाडीलाई भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

यसअघि पनि मोर्चाले रुपन्देहीको मर्चवार क्षेत्रबाट ट्रकमा लोड रहेको ४ हजार २ सय लिटर तस्करीको तेल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment