Comments Add Comment

दक्षिण अफ्रिका ७९ रनमा अलआउट

India-Test-Team

१० असोज, काठमाडौं । भारतविरुद्धको नागपुर टेष्टको पहिलो इनिङमा दक्षिण अफि्रका मात्र ७९ रनमा अलआउट भएको छ ।

स्पिनरहरुका लागि सहयोगी पिचमा दक्षिण अफि्रकाका ब्याट्सम्यानहरु आर अश्विन र रविन्द्र जडेजाका अगाडि टिक्न सकेनन् । अश्विनले ३२ रन दिएर ५ विकेट लिए भने जडेजाले ३३ रन लिएर चार विकेट लिए ।

दक्षिण अफि्रकाले २ विकेटको क्षतिमा बनाएको ११ रनबाट दोस्रो दिनको खेल थालेको थियो ।
तर, थप एक रन जोड्दा तीन विकेट गुमायो । दक्षिण अफि्रकाका जेपी डुमिनीले सबैभन्दा बढी ३५ रन बनाए ।

छैटौं विकेटका लागि डुमिनीसँग २३ रनको साझेदारी गरेका फाप डुब्लेसिस रनमा आउट भए । सिमोन हर्मेरले १३ रन जोडे ।

सिरिजको तेस्रो टेष्टको पहिलो इनिङमा भारत २१५ रनमा अलआउट भएको थियो । चार टेष्टमा भारत १-० ले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment