Comments Add Comment

मधेसी मोर्चालाई नेम्वाङको आग्रह- नाकाबन्दी फिर्ता गरेर आउनुहोस्

Subash-Nembang

  • फाइल तस्वीर

१० मंसिर, इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरुलाई आग्रह गरेका छन् ।

इलामको चुलाचुलीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘यो आन्तरिक समस्या हो । नाकाबन्दी फिर्ता गरेर आउनुहोस् । संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ ।’

संविधानसभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो ।

संविधान निर्माणपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका नेम्वाङलाई मतदाता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment