Comments Add Comment

रेखाले पैसा खाएको भन्दै खोटाङ प्रहरीमा उजुरी, रेखा भन्छिन्-‘पहिला व्यवसायिकता देखाउनुपर्‍यो’

rekha-thapa
नायिका रेखा थापाले नगद १ लाख लिएर पनि कार्यक्रममा नगएको भन्दै खोटाङ प्रहरीमा उजुरी परेको छ । ‘सगरमाथा जनसेवा समाज’ले आयोजना गर्ने कार्यक्रमका लागि रेखाले नगद १ लाख लिएर पनि नगएपछि उनी विरुद्ध उजुरी परेको हो ।

रेखाले कार्यक्रममा आउँछु भनेर पनि नआएको भन्दै उनी विरुद्ध प्रहरीमा उजुरी गरिएको छ । तर, प्रहरीले अहिले उजुरी लिन मानेको छैन । रेखा थापाको केस भएकाले पनि वुझेर मात्र उजुरी  लिने प्रहरीको भनाई छ । कात्तिक २१ गते आयोजना भएको ‘नमस्ते खोटाङ-२०१५’का लागि रेखालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।

रेखाले पनि सुरुवातमा आफूलाई आधा पारिश्रमिक मात्र दिए हुन्छ भनेर सहमती गरेकी थिइन् । तर, पछि पुरा पैसा चाहिन्छ भनेपछि कार्यक्रमका संयोजक प्रकाश पुरीले सिद्धार्थ बैंकमा रहेको रेखाको खातामा १ लाख रुपैयाँ गणेश पुरीको नाममा डिपोजिट गरेका छन् ।
rekha-thapa-bank
कार्यक्रमका संयोजक प्रकाश पुरीले अनलाइनखबरसँग भने-‘रेखा जीले अहिले मलाई चिन्दिन भन्नु हुन्छ । तर, अचम्म के छ भने उहाँले कार्यक्रममा आउँछु भनेर बोलेको भिडियो मैले नै खिचेको हुँ ।’

कार्यक्रममा रेखा र उनकी आमा आउने तयारी भएको थियो । यो कार्यक्रममा गायिका मिलन अमात्य, हाँस्य कलाकार दीपकराज गिरी पुगेका थिए । रेखालाई हेर्न भनेर आएका ३० हजार भन्दा बढी दर्शक निराश भएको प्रकाशको भनाई छ । उनले अनलाइनखबरसँग भने-‘कार्यक्रम सकिएको २२ दिन भैसक्यो, तर उहाँले फोन उठाउनु पनि हुन्न, पैसा फिर्ता पनि गर्नुहुन्न ।’

कार्यक्रमका आयोजकले रेखा विरुद्ध उजुरी गर्नुपर्छ भन्दै आवाज उठाएपछि कार्यक्रम सकिएको २२ दिनपछि प्रहरीमा उजुरी दर्ता गर्न गएको प्रकाशको भनाई छ । प्रकाशले भने-‘मैले निर्देशक सविर श्रेष्ठलाई पनि फोन गरे । तर, उहाँले जे गर्न सक्छौ गर, रेखाको विरुद्धमा कसले उजुरी हाल्न सक्छ भन्नुभयो ।’ प्रकाशले रेखा थापा अभिनित तथा निर्मित चलचित्र ‘रावण’को कथा लेखेका थिए ।

नायिका रेखा थापाले भने आफूलाई यो बिषयमा खासै धेरै बोल्न मन नलागेको बताइन् । प्रकाश पुरी नाम गरेका व्यक्तिले आफूसँग कुनै संझौता नगरेको रेखाको भनाई छ । रेखाले भनिन्-‘कार्यक्रमको बिषयमा २ महिना अगाडि मौखिक कुरा गरेर उनी हराए । पछि, कार्यक्रम हुनुभन्दा २ दिन अगाडि आउनुपर्छ भनेर को जान्छ । कलाकारको धेरै काम हुन्छ । कुनै संझौता नै नगरि कार्यक्रममा जाउ भनेर कोही जान्छ त ?’(हेर्नुहोस् रेखा र प्रकाशविच भएको कुराकानी)
rekha-chating
‘कार्यक्रम हुनुभन्दा ठिक एक दिन अगाडि बेलुकी गएर अर्कै व्यक्तिको नाममा पैसा हालेको छ, अब आफै भन्नुहोस् गलत को छ ?’-रेखाले भनिन् । उनले कार्यक्रम हुनुभन्दा एक दिन अगाडि पैसा हालेर भोलिपल्ट कोही जान्छ भन्दै प्रश्न गरेकी छिन् । आफूलाई खोटाङ जान मन लागेको भन्दै रेखाले प्रकाश पुरीले खोटाङमा जनताको गाली खाएपछि आफूलाई अनावश्यक रुपमा विवादमा तानेको बताएकी छिन् । यस बिषयमा आफूले खोटाङ प्रहरीसँग कुरा पनि गरिसकेको रेखाको भनाई छ ।

रेखाले भनिन्-‘प्रकाश पुरीको व्यवसायिकता भन्ने नै भएन । कलाकारलाई कार्यक्रममा लैजानेले संझौता गर्नुपर्छ । अर्कै व्यक्तिको नामबाट एक दिन अगाडि खातामा पैसा हालेर कस्तो व्यवसायिकता देखाउन उनले खोजेका हुन्, मैले वुझेको छैन ।’

यता, निर्देशक सविर श्रेष्ठले भने रेखा थापासँग कुनै संझौता नगर्ने पछि आएन भनेर हल्ला गर्नुको अर्थ नभएको बताए । उनले चलचित्र ‘रामप्यारी’को छायांकनमा प्रकाश पुरी आएर कार्यक्रममा आउनुपर्‍यो भनेको तर रेखाले आफूलाई ५ हजार नै दिएर भएपनि संझौता गर्न आग्रह गरेको बताए ।

तर, उनीहरु पछि १ महिना हराएर कार्यक्रम हुनुभन्दा २ दिन अगाडि आएर जानुपर्छ भनेपछि रेखाले आउन नसक्ने जानकारी गराएको सविरको भनाई छ । सविरका अनुसार पैसा फिर्ता गर्नका  लागि कुनै पनि कुरा नभनिएको र कसको नाममा फिर्ता गर्ने हो भन्ने जानकारी पनि आयोजकले दिएका छैनन् । रेखा थापा जस्तो व्यवसायिक कलाकारलाई संझौता नै नगरि हचुवामा जानुपर्छ भनेर जाने कुरा हुन्छ र भन्दै सविरले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment