Comments Add Comment

भारतीय संसदमा धर्म निरपेक्षताको विवाद

venkaiah_naidu_narenda_modi_624x351_epa

१० असोज, काठमाडौं । भारतीय संसदमा पनि धर्मनिरपेक्षताबारे विवाद भएको छ । सत्तारुढ भारतीय जनता पार्टीले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने माग गरेको छ भने कांग्रेसले असन्तुष्टि जनाएको छ ।

संसदको शीतकालीन सत्रको पहिलो दिन गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने बताए । सेकुलर शब्दको औपचारिक रुपान्तरण धर्मनिरपेक्ष नभई पन्थनिरपेक्ष भएको उनले दाबी गरे ।

संविधानको मस्यौदा तयार पर्ने संवैधानिक समितिका अध्यक्ष स्व. डा. भीमराव अम्बेडकर समेत यसको पक्षमा थिएनन् भन्ने सिंहले दाबी गरेका छन् ।

गहमन्त्री सिंहले डा. अम्बेडकरले त्यसबेला उपेक्षा र अपमान सहेर पनि भारत छाड्ने सोच नबनाएको बताए । उनको यो टिप्पणी अभिनेता आमिर खानप्रति लक्षित थियो ।

भारत कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले भने राजनाथको अभिव्यक्तिको प्रतिवाद गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment