Comments Add Comment

सभामुखले संसदीय पद्धती उल्लंघन गरेको कांग्रेसको आरोप

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठकमा प्रमुख प्रतिपक्षीलाई पहिला बोल्न नदिएर सभामुख ओनसरी घर्तीले संसदीय पद्धतिको उल्लंघन गरेको आरोप लगाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

बिहीबारको संसद बैठकमा को पहिला बोल्ने भन्ने विषयमा विवाद भएको थियो । सबैभन्दा पहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हात उठाएको भन्दै सभामुख घर्तीले यादवलाई पहिले बोल्न दिएलगत्तै कांग्रेस सांसदहरु उठेर होहल्ला गरेका थिए । यथास्थानमा शान्त भएर बस्न आग्रह गरे पनि सांसदहरुले नमानेपछि घर्तीले संसद बैठक आउँदो १५ गतेसम्मलाई स्थागित भएको घोषणा गरेकी थिइन् ।

आफ्नो होहल्लाका कारण स्थगित भएको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद् विमलेन्द्र निधिले सभामुख घर्तीमाथि संविधान संशोधन सम्बन्धी विधेयक अगाडि बढाउनुपर्ने विषयमा बोल्न खोज्दा समय नदिएर सरकारको पक्षपोषण गरेको आरोप लगाए । संविधान संशोधन विधेयक अगाडि बढाउन नदिनका लागि सभामुख घर्तीले सरकारसँगको मिलेमतोमा जानाजान आफूहरुलाई बोल्न नदिएको उनको आरोप थियो ।

प्रमुख प्रतिपक्षलाई पहिले बोल्न नदिएर सभामुख घर्तीले संसदीय पद्धतीको उल्लंघन गरेको निधिको दाबी छ ।

नेपाली कांग्रेसले विहिवारको बैठकमा पार्टीका तर्फबाट निधिलाई बोल्न दिने निर्णय गरेको थियो । ‘पार्टीले सचेतकहरुको बैठकमा नै मैले बोल्ने भनेर सभामुख घर्तीलाई जानकारी दिइसकेको थियो,’ नेता निधिनले भने, ‘तर प्रमुख प्रतिपक्षीले समय माग्नासाथ बोल्न पाउनुपर्ने संसद्धीय पद्धतिको धज्जी उडाइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment