Comments Add Comment

गुल्मीको तम्घासमा प्रभु बैंकले शाखा खोल्यो

prabhu-bank,-gulmi१० मंसिर, काठमाडौं । प्रभु बैंकले बिहीबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका संचालक दक्ष पौडेलले गरे ।

गत वर्ष किष्ट बैंकसँगको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखामध्ये वुटवल शाखा कार्यालयलाई तम्घासमा स्थानान्तरण गरिएको हो ।
मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

चालू आर्थिक वर्षको असोज मसान्त्सम्ममा बैंकल ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment