Comments Add Comment

मधेस आन्दोलनको समर्थनमा सडकमा उत्रने कांग्रेस धनुषाको निर्णय

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको धनुषा जिल्ला कार्यसमितिले जारी रहेको मधेस आन्दोलनको समर्थन गर्दै दबावमुलक आन्दोलन गर्ने निर्णय गरेको छ ।

Nepali Congressकांग्रेस धनुषाको बिहीबार बसेको बैठकले कांग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसी मोर्चासँग गरेको ८ र २२ बुँदे सहमति कार्यान्वयनको माग गरेको छ ।

कांग्रेसको धनुषा जिल्ला कार्यसमितिको बैठकले मधेस आन्दोलनको समर्थनमा मंसिर १४ गते प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

‘यो आन्दोलन अधिकारको आन्दालेन हो र स्वाभिमानको आन्दोलन हो भन्ने हाम्रो निष्कर्ष छ’ कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले अनलाइनखबरसँग भने-तत्कालीन प्रधानमन्त्रीले गरेको सम्झौता अक्षरस लागू होस् ।’

उनका अनुसार १४ गते दबावमुलुक जुलुस प्रदर्शन गर्ने हुनेछ भने थप कार्यक्रम पछि तय गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment