Comments Add Comment

नाकाबन्दीले नेपालको वैदेशिक व्यापार खस्कियो

११ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारको स्थिति खस्किएको छ ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले घटेको हो ।

International-Trade-Logoअसोज मसान्तसम्म १ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कारोबार भएको व्यवपार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

कुल व्यापारमा निर्यातको स्थिति ११ दशमलव ४ छ भने आयात ८८ दशमलव ६ रहेको तथ्याङ्कमा उल्लेख छ ।

समीक्षा अवधिमा नेपालको कुल निर्यातदर २ दशमलव ४ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको छ ।

आयात पनि ३३ दशमलव ६ प्रतिशतले घटेर १ खर्ब ३० अर्व ६८ कारोड रुपैयाँमा झरेको छ ।

यस अवधिमा नेपालबाट प्रमुख रुपमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र टिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल र जडिवुटी निकासी भएको छ ।

नेपालका उत्पादनहरु अधिकांश भारत, संयुक्तराज्य अमेरिका, जर्मनी, युके, जापान, प|mान्स, इटाली, चीन, क्यानडा, टर्की, नेदरल्याण्ड्स, बंगलादेश, अष्ट्रेलिया र स्वीट्जरल्याण्डमा निर्यात हुने गरेका छन् ।

भारततर्फको निर्यातमा एकतिहाई भन्दा बढीले ह्रास आएको हुनाले समग्र निर्यात घटेको केन्द्रले जनाएको छ । यस अवधिमा नेपालको कुल व्यापार घाटा पनि घटेको छ ।

समीक्षा अवधिमा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले घटेर १ खर्ब १३ अर्ब ८५ कारेड रुपैयाँमा सीमित भएको केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment