Comments Add Comment

बाबुराम, महन्थ र पद्मरत्नले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

Babauram,-Mahantha-And-Padmaratna

१० मंसिर, काठमाडौं । मधेस आन्दोलनको समर्थनमा नयाँ शक्ति निर्माण अभियान र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा काठमाडौं केन्द्रीत दबावमुलक आन्दोलन गर्ने भएका छन् ।

तराई मधेसमा आन्दोलन भएको १०३ दिन हुँदा पनि निकास ननिस्किएपछि नयाँ शक्ति निर्माण अभियानका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको पहलमा बिहीबार बैठक बसेको थियो ।

तमलोपा कार्यालय विजुलीबजारमा भेलामा बैठकमा पद्मरत्न तुलाधर नेतृत्वको जनजाति राष्ट्रिय आन्दोलन समिति, मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरु सहभागी भएका थिए ।

बैठकमा डा. भट्टराईले थरुहट मधेस समस्या समाधान नगरी देशले निकास नपाउने बताए । मधेस र पहाडको दुरी बढेको भन्दै उनले सत्तामा बसेका मानिसहरुले अझ गहिरो बनाउने बताए ।

बैठकमा सहभागीहरुले मधेसी मोर्चाका नेताहरुसँग प्रचण्डसँग भएको वार्ताबारे चासो राखेका थिए । जवाफमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले एमाओवादी अध्यक्ष प्रचण्ड सकारात्मक भएपनि अन्य दल सहमति नभएसम्म केेही नहुने भन्दै आन्दोलनमा जोड दिएका थिए ।

बैठकमा सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले जुलुस निकाल्ने प्रस्ताव गरेका थिए । एक नेताका अनुसार सडक आन्दोलन सुरु गर्नु अघि राजधानीमा बृहत अन्तरक्रिया गर्ने सहमति भएको छ ।

नेताहरुका अनुसार मंसिर १३ गतेसम्म अन्तरक्रिया गर्ने तयारी छ । यसको तयारी गर्न कार्यदल समेत बनेको छ । कार्यदलको पहिलो बैठक बिहीबार नै राखिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment