Comments Add Comment

भाजपा जोलीले भने-संकटको समाधान भारतसँग छैन, नेपालसँगै छ

१० मंसिर, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

Bijay-jolly‘भारत सधैं नेपालको आर्थिक,सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ,भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन,त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन,नेपालसँगै छ’– नेता जोलीले भने ।

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा भारतीय जनता पार्टीका नेता जोलीले  भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गरे ।

भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको उनले बताए ।

उनले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गरे । भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो,ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने उनले बताए ।

पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उनको भनाइ छ । जोलीले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment