Comments Add Comment

अमेरिकाबाट फर्किए कोइराला, भन्छन्, कांग्रेस-एमाले एकैठाँउमा उभिनुपर्छ

Susil-Koirala

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा स्वास्थ्य परीक्षण गरी बिहीबार साँझ स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले आफ्नो स्वास्थ्य ठीक भएको र अब मुलुकको स्वास्थ्य पनि ठीक हुने बताए । उनले भने-दुईदुईवटा क्यान्सर भएको र ४ महिनामा अनुगमन परीक्षण गर्नु पर्नेमा १२ महिना पछि जाँदा डाक्टरहरुले क्लिन चिट दिनु भएको छ ।’

कांग्रेस सभापति कोइरालाले मधेसको समस्याको समाधान पनि वार्ताबाटै हुने बताए । उनले संविधान संशोधनका लागि सबै तयार हुने पर्ने बताए । कोइरालाले भने-यसका लागि कांग्रेस र एमाले एकै ठाँउमा उभिनुपर्छ । व्यवहारिकतालाई पनि हेर्नुपर्छ ।’

कुनै पनि बहानामा सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकतामा आँच आउन दिन नहुनेमा कोइरालाले जोड दिएका छन् । साथै उनले आन्दोलनरत मधेसी मोर्चालाई एम्वुलेन्स तोडफोड गर्ने, सांसदको घर तोडफोड गर्ने जस्ता हिंसाजन्य कार्य नगर्न आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री कोइरालाले भारत र नेपालले एकअर्काको संवेदनशीलतालाई बुझ्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment