Comments Add Comment

बिहीबारका टप १० समाचारः काठमाडौंबाट टाढा छैन केरुङदेखि संसदमा हंगामासम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. ‘प्रोपोगाण्डा’ मात्रै होइन भने काठमाडौंबाट टाढा छैन केरुङ 

Samsad

के चीनबाट पेट्रोल ल्याउन सम्भव छ ? रसुवाको सडकबाट पेट्रोलका ट्यांकर आउन सम्भव छ ? सडक फराकिलो नबनाई नियमित इन्धन ढुवानी हुन सक्छ कि सक्दैन ?

२. काठमाडौंमा एकैदिन तस्करीको २६ हजार लिटर तेल बरामद

प्रहरीले काठमाडौंबाट एकै दिनमा कालोजारीको लागि ल्याइएको २६ हजार ५५ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको छ । बरामद भएका सबै पेट्रोलियम पदार्थलाई ट्यांकरमा राख्ने हो भने दुई ट्यांकर भन्दा पनि बढी हुन्छ ।

३. बाबुराम, महन्थ र पद्मरत्नले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने 

मधेस आन्दोलनको समर्थनमा नयाँ शक्ति निर्माण अभियान र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा काठमाडौं केन्द्रीत दबावमुलक आन्दोलन गर्ने भएका छन् ।तराई मधेसमा आन्दोलन भएको १०३ दिन हुँदा पनि निकास ननिस्किएपछि नयाँ शक्ति निर्माण अभियानका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितको पहलमा बिहीबार बैठक बसेको थियो ।

४. चीनकाजीको गल्तीले संसदमा हंगामा !

विहीबार व्यवस्थापिका संसदको बैठक बहिस्कार गर्ने कि होहल्ला गरेर बोल्न समय माग्ने भन्नेमा कांग्रेस सांसदहरु नै विभाजित भएको खुलेको छ । यसको कारण भने प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बने ।

५. भारतलाई सरकारको आग्रहः नेपालभित्र पसेर गोली हान्नेलाई कारवाही गर 

भारतीय सीमा सुरक्षा बल एसएसबिका जवानले नेपालको सीमानाबाट एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेको सरकारले पुष्टी गरेको छ ।यस घटनामाथि अनुसन्धान गरेर दोषिमाथि कारवाही गर्न र त्यसबारे नेपाललाई जानकारी गराउन परराष्ट्र मन्त्रालयले भारतसित आग्रह गरेको छ ।

६. भण्टाबारी घटनाबारे भारतसँग कुरा गर्नुपर्छ: राजेन्द्र महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली मिडियामा समाचार आएकै भरमा भारतीय एसएसबीले नेपालमा पसेर गोली हानेको कुरा विश्वास गर्न नसकिने बताएका छन् । यस विषयमा सरकारले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने र भारतसँग कुरा गर्नुपर्ने उनले बताए ।

७. काजमा खटिएका कर्मचारीलाई फर्काउने सामान्य प्रशासनको निर्णय 

सामान्य प्रशासन मन्त्रालयले काजमा खटिएका कर्मचारीहरुलाई फर्काउने निर्णय गरेको छ । ३ महिने काज सकिएका कर्मचारीहरु अझैसम्म पनि यथास्थानमा नफर्किएपछि सामान्य प्रशासनले यस्तो निर्णय गरेको हो ।

८. चीनले दिने शुन्य भन्सार सुविधा मंसिरभित्रै लागू हुने 

चीन सरकारले नेपाली बस्तुलाई दिने भनेको शुन्य भन्सार सुविधा मंसिर २४ गतेसम्ममा लागू भइसक्ने बताएको छ । चीनको ट्यारिफ कमिसनले हालै यस्तो निर्णय गरेको चिनियाँ पत्रिका पिपुल्स डेलीले लेखेको छ ।

९. रेखाले पैसा खाएको भन्दै खोटाङ प्रहरीमा उजुरी, रेखा भन्छिन्-‘पहिला व्यवसायिकता देखाउनुपर्‍यो’ 

नायिका रेखा थापाले नगद १ लाख लिएर पनि कार्यक्रममा नगएको भन्दै खोटाङ प्रहरीमा उजुरी परेको छ । ‘सगरमाथा जनसेवा समाज’ले आयोजना गर्ने कार्यक्रमका लागि रेखाले नगद १ लाख लिएर पनि नगएपछि उनी विरुद्ध उजुरी परेको हो ।

१०. गर्भवती हुने बेला कामुक बन्छ महिलाको आवाज

मानवीय व्यवहारलाई धेरै कुराहरुले प्रभावित बनाइरहेका हुन्छन् । ती मध्ये केहि यस्त कुराहरु छन्, जसलाई हामीले निकै कम ध्यान दिन्छौं । अध्ययनहरुले मानिसहरुको चालचलन र व्यवहारलाई निर्देशित गर्ने केहि स-साना तथ्यहरु औंल्याएका छन्, जुन सुन्दा अनौठा लाग्छन् ।

र, यो पनि

उम्लिरहेको तेलको कराहीमा बसेर यस्तो ध्यान ! (भिडियो सहित) 

जिउँदो छँदा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ । तेल उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment