Comments Add Comment

हिन्दी फिल्म बन्द गर्दैमा नाका खुल्दैनः चलचित्रकर्मी

nabal-kpकाठमाडौं । भारतले सुरु गरेको अघोषित नाकाबन्दीको विरोधमा विप्लव नेतृत्वको माओवादीले हिन्दी फिल्म र च्यानल प्रशारण रोक्न उर्दी जारी गरेको छ । तर, चलचित्रकर्मीहरु विप्लवले भने झैं हिन्दी फिल्म बन्द गर्ने पक्षमा छैनन् । उनीहरुको भनाई अनुसार हिन्दी फिल्म बन्देज आफैंमा समस्या समाधानको उपाय होइन ।

धेरै कलाकर्मीको भनाई अनुसार यो राजनितीक समस्या भएकाले राजनितीक रुपमै समाधानको उपाय खोजिनुपर्छ । हेरौं उनीहरुको भनाई कस्तो छ ।

भारतीय फिल्मकर्मी हाम्रा पनि मित्रः केपी पाठक

नेपालको नाकाबन्दी हटाउनलाई भारतीय चलचित्रकर्मीलाई समेत आग्रह गरेका थिए नेपाली चलचित्रकर्मीले । नेपालको पक्षमा बोलिदिन भारतीय फिल्मकर्मीलाई अपिल गरेका केपी पाठक फिल्म रोक्न नहुने धारणा राख्छन् ।

‘दुई देशविचको कुरा मिलेन भन्दैमा कसैको सिर्जनामाथि बन्देज लगाईनु हुन्न ।’ उनले भने । केही भारतीय फिल्मकर्मी पनि नेपालका शुभचिन्तक भएको धारणा राख्ने पाठक केही फिल्म बन्द गर्दा सिर्जनामाथि न्याय नहुने धारणा राख्छन् ।

उत्ताउलो हुँदैमा नाका खुल्दैनः हरिहर शर्मा

मुलुकको एकता, सार्वभौमसत्ता र सामाजिक सद्भाव कायम राख्न चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान सुरु गरेको धारणा राख्छन् हरिहर शर्मा । उनी अभियानका संयोजक पनि हुन् ।

पछिल्लो समय दुई मुलुकविच देखिएको असमझदारी हटाउन सरकार र प्रमुख राजनीतिक दलले कुटनितीक पहल गर्नुपर्ने धारणा राखे । ‘हामी संयमित भएर आन्दोलन गछौं, उत्ताउलो भएर होईन ।’ अहिले हिन्दी फिल्म बन्द गर्दा मुलुकलाई फाईदा हुन्छ जस्तो उनलाई लाग्दैन । उनी भन्छन् ‘यो समस्या राजनितीक तहमा बसेर समाधान गर्नुपर्छ । फिल्म वा च्यानल बन्द गरेर होईन ।’

हिन्दी फिल्म बन्दले दवाव दिन्छः नवल खड्का

अहिले नेपाल भारत सम्बन्धमा जुन चिसोपना आएको छ । यो राजनितीक मुद्दा हो भन्ने लाग्छ कलाकारसंघका अध्यक्ष नवल खड्कालाई ।

राजनितीक रुपमै यसको समाधान खोज्नुपर्छ भन्ने नवल भन्छन ‘ जबसम्म राज्यले कुटनितीक पहल गर्दैन, तबसम्म समस्या समाधान हुँदैन ।’ हिन्दी फिल्म र च्यानल बन्दले दवाव त देला तर, समस्या समाधानै भने हुँदैन बुझेका नवल कलाकार संघले नाकाबन्दीको बिरुद्धमा रचनात्मक काम गरेको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment