Comments Add Comment

जनवरीमा प्रिती जिन्टाको विहे !

zinta

मुम्बई । अभिनेत्री प्रिती जिन्टाले यही जनावरीमा विवाह गर्न लागेको खबर भारतीय संचारमाध्यमा गरमा गरम छ । प्रितीले चाँडै नै अमेरिकी ब्वाइफ्रेण्ड जीन गुडएनफसँग विवाहको तयारीमा छिन् । तर, प्रितीले यसवारे औपचारिक जानकारी कसैलाई पनि दिएकी छैनन् ।

केही भारतीय मिडियाले उनी विवाहकै लागि अमेरिका जान लागेको समेत उल्लेख गरेका छन् । कुनै वेला नेस बोडियासँग नजिकिएकी प्रितीले उनीसँग सम्बन्ध बिच्छेद भएपछि गुडएनफसँग सम्बन्ध गाँसेकी थिइन् ।

गुडएनएफ लसएन्जल्सका फाईनान्स विष्लेशक हुन् र प्रितिलाई औधी माया गछन् । उनीहरुको भेट प्रितिको अमेरिका भ्रमणको अवसरमा भएको थियो । प्रितीका परिवारका धेरैजसो सदस्य अमेरिकामै बस्छन् । त्यसकारण पनि उनी अमेरिका जाने आउने बढी नै गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment