Comments Add Comment

सप्तरीमा सवारी दुर्घटना दुईको मृत्यु

११ मंसिर, सप्तरी । सप्तरीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

सिन्धुलीबाट झापाको काँकरभिट्टा जाँदै गरेको ना ५ ख १६६५ नम्बरको मातृभाग्य रेखा बस सप्तरीको भारदह कोशी व्यारेज सडक खण्डमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी धनुषा तुल्सीपुरकी ९ वर्षकी निर्जला बस्नेतको ज्यान गएको छ अर्का मृतकको परिचय खुल्न सकेको छैन् ।

घाइते सबैको उपचारका लागि विराटनगरतर्फ लाँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार रहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment