Comments Add Comment

सुमीले स्पेनबाट ‘माछा पानीमा’ निकालिन (भिडियो सहित)

वसन्त रानाभाट

स्पेन । ६ बर्षको युरोप बसाई पुरा गर्दा, धेरै पटक दु:खको महसुस गरेकी छु,आखिर जिन्दगी नै रहेछ, दु:खमा पनि रमाउँन जानिएन भने झन् पीडा माथि पीडा नै थपिने। त्यसैले मलाई त यस्तो लाग्छ ,”माछा पानीमा,मरि लानु के छ र ? नाचौ गाऊ रमाऊ,यो जिन्दगानीमा”।

Sumi-Ghimireस्पेनको बार्सिलोनामा बस्दै आएकी लोकदोहोरी गायिका सुमी घिमिरे सापकोटाले आफ्नो नयाँ एल्वम, “माछा पानीमा” निकाले पछि यस्तो प्रतिक्रिया दिएकी हुन्। उनि भन्छिन्,” हो बिदेशमा धेरै दु:ख छ,यसैलाई सम्झेर बस्यो भने,अगाडि बढीदैन,एक पटकको जिन्दगी नै हो, हाँस्नु पर्छ नाँच्नु पर्छ, त्यसैले आँफैले गीत लेखे,लय बनाउँदै आबाज पनि भरे।”

ग्याग्दी जिल्ला स्थायी घर भएकी गायिका घिमिरेले,एक दशक अगाडी, “झुक्कायो मलाई ढाका टोपीले” बोलको गीत रेकर्ड गरेकी थिईन्। त्यति बेलाको समयमा प्रत्यक्ष लोक दोहोरी गाउँदै थुप्रै महोत्सव र कार्यक्रमहरुमा भाग लिदै आएकी सुमीले लोकदोहोरी क्षेत्रमा आँफूलाई निरन्तरता दिन सकिनन्।

भिडियो हेर्नुहोस्

उनि भन्छिन्,” मन थियो तर परिस्थितिले विदेशमा ल्यायो,तर ईच्छा र चाहाना अझै पनि त्यस्तै छ,त्यसैले नेपाल जाँदा गीत रेकर्ड गराएकी हुँ।” गायिका घिमिरेको नयाँ गीतमा प्रकाश सपुतले पनि साथ दिएका छन्। शंकर बिसीले निर्देशन गरेको भिडियोलाई,बिन्दबासिनी म्युजिकले बजारमा ल्याएको छ।

अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनकी कोषाध्यक्ष समेत रहेकी गायिका घिमिरेले बेल्जियम, र स्पेनका थुप्रै स्टेज कार्यक्रमहरुमा समेत भाग लिँदै आएकी छन्। हरेक बर्ष नेपाल पुग्दा नयाँ गीत निकाल्ने संकल्प बोकेकी उनले नेपाली लोक संस्कृतिलाई प्रबासमा भुल्न नहुने भन्दै,सधैँ लागि पर्ने प्रतिबद्दता ब्यक्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment