Comments Add Comment

स्वास्थ्य मन्त्रालयको हेल्पडेक्समा इन्धन माग्दै निवेदन

११ मंसिर, काठमाडौं । औषधि अभावको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयमा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ । तर, त्यहाँ औषधिसँगै इन्धन नपाएको गुनासो आउन थालेका छन् ।

विभिन्न स्वास्थ्य संस्थाले दैनिक कार्य सञ्चालनमै कठिनाइ परेको भन्दै स्वास्थ्य मन्त्रालयको हेल्पडेस्कमै इन्धन माग गर्न थालेको डेस्कमा खटिएका मन्त्रालयका बरिष्ठ अहेब अधिकृत मात्रिका शर्मा दाहालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले औषधि अभावको गुनासो सुन्न १६६००१-३३४४४ नम्बरको हटलाइन सञ्चालन गरेको छ

दाहालका अनुसार डेस्क सुरु भएको ३ दिनमा झण्डै आधा दर्जन स्वास्थ्य संस्थाले पत्र लेखेर इन्धनको व्यवस्था गर्न माग गरेका छन् ।

विशेष गरी एक्सरे सञ्चालन गर्ने क्लिनिक र औषधि सप्लायर्सहरुले इन्धनको व्यवस्था गर्न भन्दै पत्र पठाएका छन् ।

इन्धन व्यवस्था गरिदिन भन्दै हटलाइनमा फोन पनि आउने गरेको अधिकृत दाहालले बताए ।

स्वास्थ्य मन्त्रालयले औषधि अभावको गुनासो सुन्न १६६००१-३३४४४ नम्बरको हटलाइन सञ्चालन गरेको छ ।

बिरामी र स्वास्थ्य संस्थाको समस्या सुन्न स्थापना भएको डेस्क भएकाले अप्ठेरो परेका स्वास्थ्य संस्थाले इन्धन माग्नु स्वभाविक भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

उनीहरुलाई इन्धन उपलब्ध गराउन पहल गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment