Comments Add Comment

रेखाको कुराः कलाकार सडकमा उत्रिनु गलत, मधेसवादी दलसँग कुरा गरिरहेकी छु(भिडियोसहित)

rekha-thapa
केही दिन अगाडि भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै चलचित्रकर्मी सडकमा उत्रिए । चलचित्रकर्मी सडकमा उत्रिदा नाम चलेका थुप्रै कलाकार देखिएनन् । त्यसमध्ये एक थिइन्, नायिका रेखा थापा पनि ।

भविष्यमा नेपाल र नेपालीका लागि काम गर्ने र राजनीतिमा आउने योजना बनाउँदै आएकी नायिका रेखा थापाको देश दुख्दा मन दुखेन होला ? के रेखाले यस्तो बिषयमा ध्यान दिनुपर्ने होइन र ?

अनलाइनखबरसँगको एक भेटमा रेखाले चलचित्रकर्मीले सडकमा उत्रिएर गरेको विरोधलाई गलत भनेकी छिन् । उनले चलचित्रकर्मीले सडकमा उत्रिएर विरोध गर्नुभन्दा पनि सरकार र आन्दोलनकारीसँग कुरा गर्नुपर्ने बताइन् । साथमा रेखाले फेसबुकमा लेखेर राष्ट्रियता नहुने भन्दै आफ्नै सहकर्मीहरुको यस्तो शैलीको पनि विरोध गरेकी छिन् ।

रेखाले मधेसवादी दलसँग आफूले कुरा गरिरहेको समेत भन्न पछि परिनन् । रेखा थापाका यस्तै कुरा, हेर्नुहोस् भिडियोमा ।

रेखाले पैसा खाएको भन्दै खोटाङ प्रहरीमा उजुरी, रेखा भन्छिन्-‘पहिला व्यवसायिकता देखाउनुपर्‍यो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment