Comments Add Comment

निर्देशकले दिए आफ्नै चलचित्रलाई ६ नम्बर

nirmal-sharma
मंसिर १८ अर्थात आउँदो शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘चकलेट’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई पहिलो पटक कलाकार निर्मल शर्माले निर्देशन गरेका हुन् । नायिका पूजना प्रधानले निर्माण गरेको यो चलचित्रमा सडक बालबालिकाको कथा प्रस्तुत गरिएको छ ।

आयुष्मान घिमिरे, सुमन गैरे, नम्रता झा लगायतका कलाकारको समेत अभिनय रहेको यो चलचित्रको बिषयवस्तुले सडकमा बस्ने बालबालिकाले भोग्ने विभिन्न खालका भोगाइलाई पर्दामा उतारेको छ ।

पहिलो पटक नै आफूले फरक बिषयलाई रोजेको निर्देशक निर्मल शर्माको भनाई छ । उनले पहिलो प्रोजेक्ट स्वरुप आफूले व्यवसायिक चलचित्र नरोजेर सामाजिक कथालाई रोजेको बताए । तपाई आफ्नो चलचित्रलाई १० नम्बरमा कती दिनुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा निर्मलले भने-‘म ‘चकलेट’लाई १० मा ६ नम्बर दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment