Comments Add Comment

सन्चारमन्त्रीले सोधे-टेलिकमको मोबाइल किन यस्तो ?

११ मंसिर, काठमाडौं । सूचना तथा सन्चार प्रविधि मन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवाबारे जनताबाट गुनासो आएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

Sherdhan-Raiनेपाल टेलिकमका निमित्त प्रबन्धक निर्देशकसहित सम्बद्ध अधिकारीहरुलाई शुक्रवार मन्त्रालयमै बोलाएर मन्त्री राईले मोबाइल सेवामा खरावी आउनुको कारण तीन दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिएका हुन् ।

मन्त्री राईले भने- ‘नेपाल टेलिकमको मोबाइलमा धेरै खराबी आएका छन् । पछिल्लो समयमा आवाज र कभरेजमा समस्या देखिएको गुनासो आएको छ । रिचार्जमा समेत धेरै समस्या देखिएको गुनासो तत्काल समाधान गर्नुस् ।’

टेलिकमको मोबाइलमा कुरा गर्दा गर्दै काटिने, धेरै ठाउँमा नेटवर्क नै नदेखाउने, थ्रीजी लगायतका सेवामा समेत खराबी आएको र रिचार्जमा समस्या भएको भन्दै सर्वसाधारणले मन्त्रालयमा गुनासो गरेपछि मन्त्रीले तदारुकता देखाएका हुन् ।

मन्त्री राईले आफूले समेत पटक-पटक यस्ता समस्या झेल्नु परेको भन्दै किन यस्तो भयो भनेर प्रश्न गरेका थिए । ‘कतै टेलिकमलाई कमजोर बनाउने खेल त भइरहेको छैन ?’ राईले आशंका व्यक्त गरे ।

टेलिकमका निमित्त प्रबन्ध निर्देशक सुरेन्द्रलाल थिके सहितका अधिकारीहरुले भूकम्पबाट क्षति भएका टावरहरु र कतिपय टावर निकालिएका कारण समस्या आएको बताएका थिए । कतिपय पुराना टावर हटाउने क्रममा पनि यस्तो समस्या देखिएको मन्त्रीलाई जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment