Comments Add Comment

‘मिस अर्थ’ मा भारतीय सुन्दरीको छलकपट, भारत भन्दै देखाइन् नेपालका दृश्य

Miss-Earth,-Aaital-Khosala-

११ मंसिर, काठमाडौं । अष्ट्रियामा जारी रहेको विश्वसुन्दरी ‘मिस अर्थ’ प्रतियोगितामा भारतीय प्रतिस्पर्धीले अनौठो छलछाम गरेकी छिन् । उनले आफ्नो परिचयात्मक भिडियोमा भारतको सुन्दरताको खुब गुणगान गाइन्, तर देखाइन् नेपालका दृश्य ।

नेपालका हिमाल, पहाड र नदीनालाका सुन्दरतम दृश्यहरु देखाउँदै भारतीय सुन्दरी आइताल खोस्ला भन्छिन्, ‘भारतको प्राकृतिक दृश्यबाट कोही पनि चकित नपर्न असम्भव छ । प्रकृति आफैंले दिएको पहाड, जंगल र नदीनालासहितको यस्तो अद्भूत दृश्यवाली पृथ्वीमा अन्यत्र कहीँ पनि छैन ।’

उनले ‘मानवनिर्मित र प्राकृतिक सुन्दरताले भरिएको भारत विश्वकै असाधारण देश हो’ भन्दै नेपालका क्लिप्सहरु देखाएकी छिन् ।

मिस अर्थको अफिसियल च्यानलमा अपलोड गरिएको भिडियोमा सगरमाथा, अमा दब्लम र ल्होत्सेका दृश्यहरु समावेश गरिएको छ । यतिमात्रै कहाँ हो र, काठमाडौंको एउटा व्यस्त सडकको दृश्य पनि यसमा समावेश छ, जहाँ नेपाली नम्बर प्लेटका गाडी, नेपाली साइनबोर्ड र ट्राफिक प्रहरी देखिन्छन् ।

यो भिडियो दुई मिनेट १४ सेकेन्ड लामो छ । भिडियोमा देखाएका दृश्यहरु टेटोन ग्य्राभिटी रिसर्चका एरियल सिनेमा एक्सपर्टहरुले हेलिकोप्टरबाट खिचेका थिए । यो भिडियो करिब नौ महिनाअघि एउटा भिडियो च्यानलमा सार्वजनिक गरिएको थियो ।

जबकि प्रतियोगितामा नेपालकी सुन्दरी पनि प्रतिस्पर्धामा छिन् । आफ्नो देशका दृष्यहरु विदेशी प्रतिस्पर्धीले यसरी दुरुपयोग गरिरहँदा नेपालकी प्रतिनिधि दिव्यता वैद्य टुलुटुलु हेर्न वाध्य छिन् । दिव्यताको परिचयात्मक भिडियोमा उनले होमस्टे कथा सुनाएकी छिन् । उनले होस्टे मार्फत नेपाल, यहाँका जनता र संस्कृतिलाई बुझ्न आह्वान गरेकी छिन् । मिस अर्थको फाइनल ५ डिसेम्बरमा हुनेछ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment