Comments Add Comment

साताभर सेयर बजारमा २७ अंकको गिरावट, कारोबार रकममा भने सुधार

११ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दी लम्बिँदै गर्दा यो साता सेयरबजार परिसूचक नेप्से २७ दशमलब ३७ अंकले घटेको छ ।

नाकाबन्दीपछि लगातार घटिरहेको नेप्से बजार यो सातामा १ हजार ४४ दशमलब ०१ को बिन्दुमा आएर रोकिएको छ ।
nepal stock‘क’ बर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ५ दशमलब ९२ अंकले घटेर २ सय २५ दशमलब ३७ बिन्दुमा पुगेको छ ।

बजारमा यो साता १ सय ५० कम्पनीका १५ हजार ६ सय १५ कारोबारबाट २४ लाख ३६ हजार ६ सय ३० कित्ता सेयरहरु खरिद-बिक्री भएका छन् ।

साताभर १ अर्ब २४ करोड १२ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ । कारोबार रकम भने अघिल्लो साताको भन्दा ६३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

सेयर बजारमा बैंंकिङ समूह ३२ दशमलव ८३ अंकले घट्दा विकास बैंंक १८ दशमलव ९९, वित्त ६ दशमलव २ अंकले, होटल ११ दशमलव ४५, जलविद्युत ५५ दशमलव ६, बीमा १ सय ३१ दशमलव ७ र उत्पादनमूलक समूह ४ दशमलब ६५ अंकले ओरालो लागे । व्यापार समूह स्थिर रहँदा अन्य समूह ३ दशमलव ५३ अंकले बढ्यो ।

कारोबार रकमको आधारमा यो साता नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखियो भने सेयर कारोबारका आधारमा सिद्धार्थ इक्युटी ओरिएन्टेड स्किम अग्रस्थानमा रह्यो ।

यो क्लिन भिलेज माइक्रोफाइनान्सको ४ लाख कित्ता, रिलायबल माइक्रोफाइनान्सको ५ लाख कित्ता, वोमी माइक्रोफाइनान्सको ३ लाख कित्ता र नेपाल ग्रमीण विकास बैंकको ५५ लाख ५७ हजार कित्ता साधारण सेयरहरु नेप्सेमा सूचीकृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment