Comments Add Comment

शान्ति समाजले भारतीय दूताबासमा धर्ना दिने

११ मंसिर, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय नाकाबन्दीविरुद्ध विशेष १० दिने अभियान चलाउने भएको छ ।

Krishna-Pahadi
कृष्ण पहाडी

६७ औं विश्व मानव अधिकार दिवसको अबसरमा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो । नाकाबन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने नाराका साथ अभियानको घोषणा गरेको हो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले घृणात्मक अभिव्यक्तिको खोजी गर्नेहरुसँग कुनै सहकार्य नहुने बताए । भारतले नेपालमाथि नाकाबन्दी गरेर नीतिगचत क्रुरता प्रदर्शन गरेको भन्दै पहाडीले भारतको अहिलेको भूमिकाका कारण दक्षिण एसियाको शान्ति खलबलिएको बताए ।

तराई मधेसको समस्या वार्ता र सहमतिबाटै टुङ्ग्याउनु पर्ने भन्दै उनले अधिकारको आन्दोलन हो भने नाकान्दी स्वीकार्य नहुने बताए ।

मानव अधिकार तथा शान्ति समाजले मंसिर १५ देखि २४ गतेसम्म भारतीय दूताबास अगाडि धर्ना, हस्ताक्षर संकलन, सभा लगायतका कार्यक्रम घोषणा गरेको छ ।
शान्ति समाजले मंसिर १७ र २४ गते भारतीय दूताबास अगाडि एक घन्टा धर्ना दिने कार्यक्रम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment