Comments Add Comment

बन्दले पूर्वाञ्चलको उद्योग व्यवसायमा १६ अर्बको क्षति

sunsari-morang
ध्रुब भट्टराई

११ मंसिर, विराटनगर । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्द हडतालका कारण पूर्वाञ्चलको उद्योग व्यवसायमा १५ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तीन महिनाभन्दा लामो बन्द हडतालका कारण पूर्वी नेपालका उद्योग कल कारखाना तथा व्यवसाय ठप्प भएपछि ठूलो क्षति हुन पुगेको हो । उद्योग संगठन मोरङले तयार पारेको प्रारम्भिक तथ्यांकअनुसार मोरङ सुनसरी औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगमा बढी क्षति भएको छ ।

पूर्वी नेपालका दुईवटा प्रमुख नाकाहरु विराटनगरको रानी भन्सार र काकडभिट्टाबाट सामान आउन नसकेपछि त्यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा परेको छ । उद्योग संगठनका अनुसार उद्योगलाई आवश्यक कच्चा पदार्थ तेश्रो मुलुकबाट ल्याउने क्रममा भारतको कलकत्तामा लोडसहितका ट्रक तथा कन्टेनर रोकिँदा प्रतिदिन ७२ करोड रुपैयाँ नोकसानी भएको छ ।

कन्टेनर तथा ट्रक कलकत्ताको याडमा रोकिँदा प्रतिदिन ५ हजार रुपैयाँ कन्टेनर तथा ट्रकले बुझाउनुपर्छ । उद्योग संगठनका अनुसार काकडभिट्टा तथा रानी भन्सारबाट दैनिक ६ सय ट्रक र कन्टेनर भारतको कलकत्ताबाट कच्चा पदार्थ ल्याउन पुग्थे ।

सिंगापुर र मलेसियाबाट आएको औद्योगिक कच्चा पदार्थ सम्बन्धीत उद्योगमा १४ दिनसम्म नपुगेमा जरिवाना तिर्नुपर्ने हुन्छ । बन्द र नाकाबन्दीका कारण १ सय पाँच दिनमा १ लाख २६ हजार रुपैयाँ तिर्नु परेको संगठनले जनाएको छ ।

पूर्वी नेपालमा रहेका सरदर २० देखि ३० लाख पुर्जी भएका उद्योगहरुले २ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरुले बन्दको अवधिमा बैंकलाई १२ प्रतिशतका दरले ब्याज तिर्नुपर्दा ८ अर्ब ८२ करोड रुपैयाँ नोक्सानी ब्यहोर्नुपरेको बताइएको छ ।

उद्योग संगठन मोरङले तयार परेको प्रारम्भिक तथ्यांकमा माथि उल्लेखित बाहेक छुट्टै एक खर्बको लगानीमा सञ्चालित उद्योगले ३ अर्ब ५० करोड रुपैयाँ बैंकको ब्याज सहनुपरेको छ ।

बन्दको १०५ दिनमा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा नआएपनि विद्युत अडिट शुल्कका लागि ३ करोड ४५ लाख रुपैयाँ तिर्नुपरेको छ । यस अवधिमा पूर्वी नेपालमा सञ्चालित उद्योगहरुमा ५० हजार कामदार कर्मचारीलाई दैनिक ५ सय रुपैयाँ दिँदा २ अर्ब ६२ हजार रुपैया उद्योगीहरुले नोक्सानी वेहोरका छन् ।

यसैगरी, भारतका विभिन्न रेलवाय यार्डमा औद्योगिक कच्चा पदार्थ थन्किँदा २ लाख ८४ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । दुई महिनाको अवधिमा दिनमा २३ करोड ४६ खाल रुपैयाँ जरिवानामा गएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुबाट आएको कच्चा पदार्थ भारतको कलकत्ता यार्डमा रोकिँदा डिटेसन १ महिनाको मात्र २ करोड २५ लाख रुपैयाँ उद्योगी व्यवसायीले गुमाउन पुगेका छन् ।

पूर्वी नेपालमा साना, ठूला तथा मझौला गरी १० हजारको संख्यामा उद्योगहरु सञ्चालनमा रहेका छन् । जसमध्ये २५ सय उद्योगले भारत तथा तेश्रो मुलकबाट कच्चा पदार्थ आपूर्ति गर्छन् । सबैभन्दा बढी सुनसरी, मोरङमा रहेका उद्योगहरु पर्छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष शिव शंकर अग्रवालले अहिलेको अवस्थामा उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको गुनासो गरे । उद्योग व्यवसाय बन्द गरेर पलायन हुने अवस्था आइसकेको उनको भनाई छ ।

लगानीको सुनिश्चितता हुन नसक्दा उद्योगीहरुले नयाँ विकल्पको खोजी गर्न थालेको अग्रवाल बताउँछन् । बन्द हडताल र नाकाबन्दीका कारण उद्योगी व्यवसायीहरु व्यायभारबाट उम्किन नसक्ने अवस्था सिर्जना भएको बताउँदै उनले भने, ‘अब नयाँ लगानी गर्ने कुरा त परै जाओस, भइरहेको लगानी पनि पलायन हुने अवस्थामा पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment