Comments Add Comment

सप्तरीमा मारिएका चारै जनाको परिवारलाई क्षतिपूर्ति दिइने, शवयात्रा शनिबार

Saptari1

एस.के. शान
११ मंसिर, सप्तरी । सप्तरीमा प्रहरीको गोली लागेर र आन्दोलनकै क्रममा करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने भएको छ । क्षतिपूर्ति दिने निर्णय स्थानीय प्रशासनले गरेलगत्तै मृतकका आफन्तहरुले शव बुझेर शवयात्रा गर्ने तयारी गरेका छन् ।

राजविराजमा बसेको आन्दोलनरत दलका नेताहरु तथा नागरिक समाज, अधिकारकर्मी, संचारकर्मीसहितको सर्वपक्षीय बैठकले मृतक चारै जनाको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको हो । स्थानीय प्रशासनले यो निर्णय गृहमन्त्रालयमा पठाउनेछ ।

बैठकले गोली लागेर मृत्यु भएका राजविराज १ निवासी दिलिप साह, जमुनी मधेपुरा ९ निवासी नागेश्वर यादब, डाढा ५ का बिरेन राम र आन्दोलनकै क्रममा करेन्ट लागेर मृत्यु भएका शिवशंकर दासको परिवारलाई क्षर्तिपूर्ति दिने निर्णय गरेको सुरक्षा समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

शनिवार मोर्चाद्वारा पूर्वघोषित कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीको गोली लागेर रुपनीमा यादवको, भारदहमा रामको घटनास्थलमै ज्यान गएको थियो । यस्तै आइतबार दिउँसो आफ्नै घरको छतमा बसिरहेको समयमा प्रहरीले चलाएको गोली लागेर साहको र आइतबारै आन्दोललको क्रममा भागदौडको क्रममा मलेकपुर गाविसस्थित खसेको तारमा करेन्ट लागेर दासको मृत्यु भएको थियो ।

शव यात्रा शनिबार

स्थानीय प्रशासनले मृतकहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेपछि मृतकहरुको शव बुझ्दै अन्तिम संस्कारका लागि मधेसी मोर्चा तयार भएको छ । शनिबार बिहान मृतक चारै जनाको शव सप्तरी र सिरहा जिल्ला परिक्रमा गराएर अन्तिम संस्कार गरिने मोर्चाले जनाएको छ ।

राजविराजदेखि रुपनी, शम्भुनाथ कदमाहा हुँदै सिरहाको लहानस्थित शहीद रमेश चोकसम्म शव परिक्रमा गराइनेछ । लहानबाट पुनः सप्तरी घुम्दै कंचनरुप नगरपालिका, भारदह, हनुमाननगर हुँदै राजविराज आएर शव यात्रा समापन गरी अन्तिम संस्कारका लागि परिवारजनलाई दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment