Comments Add Comment

के छ रणवीर र दीपिकाको ‘तमाशा’मा ?

tamasha-photo
बलिउडमा ‘जव वि मीट, रक स्टार, हाइवे’ जस्ता हिट चलचित्र दिइसकेका निर्देशक हुन्, इम्तियाज अली । उनै इम्तियाजले निर्देशन गरेको नयाँ चलचित्र ‘तमाशा’ आजबाट विश्वभरका हलमा लागेको छ । नेपालमा पनि यो चलचित्रले राम्रो शो पाएको छ ।

चलचित्रमा इम्तियाजले नायक रणवीर कपुर र दीपिका पादुकोणको जोडीलाई पर्दामा उभ्याएका छन् । यसैले पनि यो चलचित्रलाई लिएर दर्शकमा खुबै उत्साह थियो । अर्कोतिर, चलचित्रको व्यापारले रणवीर कपुरको खस्कदो करिअरलाई पनि उकालो लगाउनेछ । उसो भए, कस्तो छ त, ‘तमाशा’ ।

कथा
चलचित्रको कहानी कोर्सिका भन्ने ठाउँबाट सुरु हुन्छ । जब, तारा(दीपिका) एक कल फोन गर्नका लागि एक व्यक्तिसँग सहयोग मागिरहेकी हुन्छिन् । उक्त व्यक्तिले सहयोग नगरेपछि उनी उसलाई गाली गर्छिन् । उनको गालीले नै दर्शकलाई हसाउँछ । यहाँ उनलाई वेद(रणवीर)ले सहयोग गर्छन् ।

यसपछि, यी दुइले एक अर्कासँग भन्छन् कि-‘हामी झुटो बोल्छौ र झुट बाहेक अरु केही पनि बोल्दैनौ ।’ बेद आफ्नो नाम डन बताउँछन् भने ताराले मोना डार्लिङ । यी दुइले कोर्सिकामा खुबै मस्ती गर्छन् र भारत गएपछि एक अर्कालाई कहिल्यै नभेट्ने वाचा गर्छन् ।

तर, भारत गएपछि तारालाई महुशश हुन्छ कि उ वेदलाई प्रेम गर्छे । यसपछि वेदको खोजीमा तारा निस्कन्छे । तर, जतिबेला बेदलाई ताराले भेट्छिन्, उसको फरक रुप देखेर छक्क पर्छिन् । वेद एक शान्त यूवकको रुपमा तारासँग भेट्छ । यही भेटमा नै तारालाई वेदले प्रपोज गर्छ । तर, ताराले उनको प्रेमलाई अस्विकार गरिदिन्छिन् । ताराले प्रेम गरेको वेद मस्ती गर्ने खालको थियो ।

तर, वेदको फेरिएको रुप तारालाई मनपर्दैन र उनले प्रेम अस्विकार गरिदिएकी हुन्छिन् । ताराको प्रेम अस्विकार पछि वेद आफूलाई पहिलेकै रुपमा लैजाने कोशिश गर्छ । यसले उसको जागिर पनि छुट्छ । यसपछि अगाडि के हुन्छ, दर्शकले हलमा गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

अभिनय
लगातार ३ चलचित्र असफल दिएपछि रणवीरका लागि एक सफल चलचित्र आवश्यक थियो, जुन ‘तमाशा’ले पुरा गर्न सक्छ । रणवीरले आफ्नो अभिनय यो चलचित्रमा पूर्ण रुपमा देखाएका छन् । यता, दीपिकाले पनि ताराको भूमिकालाई जिवन्तता दिएकी छिन् । खुशी र दुखी हुँदाको दुबै पललाई दीपिकाले जिवन्तता दिएकी छिन् । रणवीरको अभिनयलाई पनि उत्कृष्ट मान्न सकिन्छ ।

निर्देशन
‘तमाशा’ इम्तियाज अलीको फ्लेवरको छ । उनलाई यो चलचित्रमा प्रेमलाई डार्क साइडमा देखाएका हुन्छन् । यो एक उत्कृष्ट प्रेम कथामा बनेको चलचित्र हो । तर, इम्तिहासले ‘सधै एउटै कथा किन ?’ भन्ने ट्याग लाइनलाई भने पूर्ण रुपमा न्याय गरेका छैनन् ।

चलचित्रका अधिकांश दृश्य सुन्दर छन् । कतिपय दृश्यलाई अझै उत्कृष्ट बनाउन निर्देशकले सक्थे । चलचित्रका गीतसंगीत पहिले नै हिट भैसकेका छन् ।

हेर्नु पर्ने कारण
‘ए जवानी हे दिवानी’ जस्तो सुपरहिट चलचित्र दिएका रणवीर कपुर र दीपिका पादुकोणको जोडीले ‘तमाशा’मा पनि अभिनय खुलेर गरेका छन् । उत्कृष्ट कथा र उत्कृष्ट निर्देशन यो चलचित्रको मुख्य पाटो हो । यसैले पनि यो चलचित्र एक पटक हेर्दा दर्शकलाई रमाइलो लाग्छ । यसको लोकेशनलाई पनि उत्कृष्ट मान्न सकिन्छ ।

–विभिन्न भारतीय मिडियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment