Comments Add Comment

नाकाबन्दीबारे अरोराको लेख फेसबुकबाट ‘गायब’

११ मंसिर, काठमाडौं । भारतीय पत्रकार विशाल अरोराले नेपालको नाकबन्दीलाई लिएर भारत सरकारको आलोचना गर्दै लेखेको लेखलाई फेसबुकले सेन्सर गरेको बताएका छन् । ‘दि डिप्लोम्याट’मा प्रकाशित उक्त लेखलाई नेपाल र भारतमा धेरैले पढेका थिए ।

Bishal-Aroraअरोराले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म पहिलोपटक सेन्सर भएको छु । नेपालमा भारतको नाकाबन्दीसम्वन्धि लेख, जून भारत सरकारको आलोचनामा थियो, फेसबुकबाट झिकिएको छ । यो मेरो टाइमलाइन, मेरो प्रोफेसनल पेजबाट र यसलाई सेयर गर्ने मेरा साथी तथा फलोअर्सहरुको वालबाट गायब भएको छ । यसलाई सामाजिक सञ्जालमा ३ हजारभन्दा बढिले सेयर गरेका थिए । धिक्कार होस्, फेसबुक र यसको पछाडि रहेकाहरु ।’

दुई दिनअघि ‘आरआइपी इन्डियाज इन्फ्लुयन्स अन नेपाल’ (नेपालमा भारतीय हस्तक्षेपलाई श्रद्धान्जली) शिर्षकमा सो लेखलाई अनलाइनखबरले नेपालीमा अनुवाद गरी प्रकाशित गरेको थियो । भारतका सरकारी निकायको उजुरीमा फेसबुकले हटाएको अनुमान गरिएको छ । सामाजिक सञ्जालबाट आफ्नो प्रतिकुलका सामग्रीहरु हटाउन लगाउनेमा भारत विश्वमै अगाडी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment