Comments Add Comment

मधेसी मोर्चालाई पोखरेलको चेतावनीः आन्दोलन हातबाट फुत्किन्छ, होस गर

sanker-pokhrel

११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोख्रेलले भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्न खोजिरहेको आरोप लगाएका छन् । नेपालमाथिको नाकाबन्दी मधेसी मोर्चाको मात्र नभएको भन्दै भारतले असुरक्षाको नाममा अवरोध गरेर माइक्रो म्यानेजमेन्ट गर्न खोजेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता पोखरेलले भने-रक्सौल नाकामा रहेका ट्रक रि-रुट गरेर अरु नाकाबाट ल्याउँ भन्दा भारत मान्दैन ।’

भारतले आफ्नो सुरक्षाको चासोको लागि एक समूदायलाई साथ लिने कुरा गलत भएको भन्दै उनले सिंगो नेपालसँग मित्रता गर्न सकेमात्रै भारतको त्यस्तो चाहना पुरा हुन सक्ने बताए ।

उनले समस्या समाधान हुन्छ भने कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अगाडि बढाउन सरकार र नेतृत्वकर्ता एमाले तयार रहेको बताएका छन् । मधेसी मोर्चाले भनेको सबै कुरा मान्न नपर्ने भन्दै एमाले नेता पोखरेलले भने-‘कसैले मधेस स्वतन्त्र देश माग्दैमा हामीले मान्नु पर्छ भन्ने छ र ।’

उनले अघि भने-‘मधेसीहरु मधेसमा आफ्नो गुमेको साख बलियो बनाउन मधेसी भर्सेज पहाडीको विभाजन गर्न खोज्दैछन । यस्तो गर्दै गए मधेसी मोर्चाको हातबाट आन्दोलन फुत्किन्छ, होस गरे हुन्छ ।’

सीमांकनको विषय संघीय आयोग वा राजनीतिक समिति बनाएर टुङग्याउन तयार रहेको पोखरेेलले बताए । मधेस दुई प्रदेशको एजेण्डा चुनावबाट असफल भइसकेको भन्दै उनले प्रकट भइसकेको जनमतलाई स्विकार्नु पर्ने बताए ।

कार्यक्रममा कृषिमन्त्री एवम एमाओवादी कोषाध्यष हरिबोल गजुरेलले सीमांकनको विषय सामान्य विषय नभएको भन्दै अहिले नै हल हुन्छ भन्ने आफूलाई नलागेको बताएइ ।

भन्दै प्रयाप्त दवाव पुगेपछि सबै थाकेर सहमति बन्न सक्ने भन्दै उनले भने-सीमांकन अहिले नै टुंगिने सम्भावना देख्दिन । झनै झापा, मोरङ, सुनसरीको विवाद त अहिले टुंगिनै सक्दैन ।’

गजुरेलले थारुहरुलाई अन्याय परेकोले अहिलेले विवाद मिलाउन सकिने र त्यसै अनुसार पार्टीले प्रयत्न गरिरहेको बताए ।

मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले विवादित जिल्लाको विवाद जनमत संग्रहबाट टुङग्याउने प्रस्ताव आफुहरुलाई मान्य नहुने बताए । उनले जनमत संग्रहको पोको खुले हिन्दु धर्म, राजसस्था र विखण्डनको माग आए के जनमत संग्रह गर्ने भनि प्रश्न गरे ।

चुरेदेखि दक्षिण र भारतको सीमादेखि उत्तर पूर्व पश्चिम आफूहरुलाई दुई प्रदेश चाहिने भन्दै कर्णले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई सरकारले आफूहरुविरुद्ध प्रयोग गरिरहेको आरोप लगाए । उनले भने-‘सरकार चुरेभावर आन्दोलन उठाउँदैछ । चुरे भावर आन्दोलन विगतमा पनि सरकारले गरेको र उनीहरुसँग शान्ति मन्त्रीले मात्रै सम्झौता गरेकोले त्यो लागु हुन सक्दैन । हामीसँग राष्ट्रप्रमुखले सम्झौता गरेको हो ।’

सरकारले उपयुक्त प्रस्ताव ल्याए आफूहरु वार्ताबाट समस्या समाधानका लागि तयार रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment