Comments Add Comment

रुपन्देहीमा अर्को पेट्रोल पम्पमा पनि सिलबन्दी

Petrol-Pump-Sil

११ मंसिर, भैरहवा । पेट्रोल पम्मबाटै इन्धनको कालोबजारी बढेको जनगुनासो बढेपछि जिल्ला प्रशसान कार्यालय रुपन्देहीले अनुगमन तिव्र पारेको छ ।

अनुगमन समितिले शुक्रबार एक पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । रुपन्देहीको पडसरी ४ तेनुहावामा रहेको रेशमा आयल स्टोर्सको मेसिनमा रहेको प्लस युनिटभित्र टेपले बाँधिएको शंकास्पद बस्तु फेला परेपछि अनुगमन समितिले इन्धन विक्री वितरण रोक लगाएको छ ।

शंकास्पद बस्तु चेकजाँचका लागि गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बुटवल पठाइने अनुगमन समितिका संयोजक खग्रेन्द्र प्रसाद बस्यालले अनलाइनखबरलाई बताए । उक्त मेसिन इन्धनको ट्यांकीबाट सप्लाई हुने पाइपबाट अलग गरी राखिएको अवस्थामा फेला परेको थियो ।

अनुगमन समितिले बिहीबाार नेपाल आयल निगमको भैरहवाको अंचलपुरमा रहेको एक मात्र खुद्रा विक्री केन्द्रमा पनि शिलबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment