Comments Add Comment

सरकारले एमाले कार्यकर्ता प्रयोग गरेर इटहरी घटना घटायोः उपेन्द्र यादव

Upendra yadav-1

११ मंसिर, काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले इटहरी घटना सरकारले नियोजित रुपमा गराएको आरोप लगाएको छ ।

संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गरी इटहरी घटनाले सरकारको गैर लोकतान्त्रिक, तानाशाही र गैरजिम्मेवार चरित्र उदाङ्गो भएको बताएका छन् । मधेसी मोर्चासहितको संघीय गठबन्धनले सुनसरीको इटहरीमा जनसभा गर्न बनाएको मञ्च विद्याथीरुहरुले तोडफोड र आगजनी गरेका थिए ।

सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गरेको यादवले बताए । इटहरी घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट छ’ यादवले भनेका छन्-‘वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गर्नुपर्छ ।’

सरकार वार्ताबाट भाग्दै हिडेको र उसको पछिल्लो क्रियाकलाप अत्यन्तै खेदजनक र गैर जिम्मेवार देखिएको यादवको आरोप छ । ‘आन्दोलनकारीको सुझबुझ र संयमताले इटहरीमा कुनै अप्रिय घटना नभएपनि शान्तिपूर्ण सभा सम्मेलनमा अवरोध हुनुले सरकार आफैले सामाजिक सद्भाव बिगारेर सम्प्रदायिक दङ्गा भड्काउन खोजेको प्रष्ट हुन्छ’ यादवले भने ।

यादवले संयमित रुपमा आन्दोलनलाई अघि बढाउन नेता कार्यकर्ता तथा आम सर्वसाधारण सबैलाई आहृवान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment