Comments Add Comment

एक महिनामा कालोबजारीको ६२ हजार लिटर तेल बरामद

Taskati-oil

११ मंसिर, काठमाडौं । प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट ६२ हजार ७ सय २९ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको छ ।

कालोबजारी गर्ने गरी ल्याइएका पेट्रोलियम पदार्थ नियन्त्रण लिँदा त्यसमा संलग्न १ सय २४ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ३३ हजार ४ सय लिटर पेट्रोल, २७ हजार ८ सय लिटर डिजेल र १ हजार ४ सय लिटर मटितेल बरामद भएको छ । प्रहरीले विभिन्न स्थानबाट कालोबजारीका लागि राखिएका ७९ वटा सिलिन्डर ग्यास पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबारदेखि शुक्रबारसम्म उपत्यकाबाट ११ हजार ४ सय १३ लिटर, पेट्रोल, २४ हजार २ सय ९० लिटर डिजेल र ३ सय ७५ लिटर मट्टतिेल बरामद गरेको छ ।
पछिल्लो एक महिनामा काठमाडौं उपत्यकाबाट कालोबजारीमा संलग्न ८६ जना पक्राउ परेका छन् ।

प्रहरीले सवारी साधनमा पनि असुरक्षित तवरले लोड गरेर पेट्रोलिय पदार्थ कालोबजारीका लागि ल्याउँदा दुर्घटनाहरु हुने भन्दै नियन्त्रण अभिान चलाएको जनाएको छ ।

आज मात्रै प्रहरीले काँकडभिट्टादेखि काठमाडौंसम्म चल्ने ना ४ ख ५२५४ नम्बरको यात्रुबाहक बसबाट ८ सय ७० लिटर पेट्रोल र ७ सय ५० लिटर डिजेल नियन्त्रण लिएको छ । तेलसँम्गै तस्करीमा संलग्न नागेन्ऽप्रसाद भण्डारी र ज्ञानुमाया कपाली पक्राउ परेका छन् ।

यसैगरी १३५ लिटर पेट्रोलसहित सुनसरीका देवराज रेग्मी र धादिङका गोविन्द आचार्य घट्टेकुलोबाट पक्राउ परेका छन् ।

४ सय लिटर पेट्रोलसहित दिपक राजवंशी र २५ सय लिटर डिजल सहित नवराज घतानी, शरण श्रेष्ठ, सन्तोष श्रेष्ठ र बिरेन्द्र राजभण्डारीलाई पनि नियन्त्रण लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment