Comments Add Comment

आयल निगमका कार्यकारी निर्देशकसित स्पष्टिकरण माग

Gopal-Bahadur-Khadka

११ मंसिर, काठमाडौं । बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँग स्पष्टिकरण सोधेको छ । उनले आफ्नो पदिय जिम्मेवारी पूरा नगरेको र सरकारलाई असहयोग गर्न खोजेको भन्दै स्पष्टिकरण सोधिएको हो ।

खड्काको कामकारवाहीका विषयमा अत्यधिक गूनासोहरु आएपछि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले करावाही प्रक्रिया अगाडि बढाउन नेपाल आयल निगम बोर्डलाई निर्देशन दिएका थिए ।

सोहि आधारमा बोर्डले शुक्रबार स्पष्किरण पत्र पठाएको छ । आपूर्तिमन्त्री पुनले खड्काका सम्वन्धमाथ मिडियाहरुमा आइरहेका समाचारहरुकै सेरोफेरोमा स्पष्टिकरण सोधिएका अनलाइनखबरसित बताए । ‘उहाँलाई स्पष्टिकरण सोधेका छौं, जवाफ हेरेर थप निर्णय लिइनेछ,’ उनले भने ।

कार्यकारी निर्देशक खड्काको तोक आदेशमा रुपन्देहीको भलवारीस्थित डिपोबाट राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको खुलासा भएको थियो ।

उनले भारतीय नागरिकको कम्पनी बिराट पेट्रोलियमलाई २० करोड अगि्रम भुक्तानीसहित अनाधिकृत रुपमा पेट्रोलियम आपूर्तिको ठेक्का दिएको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment