Comments Add Comment

नाकाबन्दीको विरोधमा चक्रपथमा विद्यार्थीको मानव साङलो (फोटो फिचरसहित)

Manb Sanglo at Ring road (5)
११ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको विरोधमा विद्यार्थीहरुले काठमाडौंको चक्रपथ घेराउ गरेका छन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने नाराका साथ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथ प्रदर्शन गरेका हुन् ।

विद्यार्थीको पढ्न पाउने अधिकार बञ्चित भएको यो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन यो अभियान चलाएको एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण शाहीले बताए ।

Manb Sanglo at Ring road (7)

राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानरसहित सहभागी विद्यार्थीहरुले कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, चक्रपथ, बालाजु, स्वयम्भू हुँदै पुनः कलंकीसम्म मानव साङ्लो बनाएर मौन प्रदर्शन गर्ने कार्यक्रम छ ।

मानव साङ्लो प्रदर्शनमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु मात्रै सहभागी भएको बताइएको छ ।

प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायत अपिन संबद्ध संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

Students Strike (1) Students Strike (3) Students Strike (4) Students Strike (6) Students Strike (8) Students Strike (9) Students Strike (11)

Manb Sanglo at Ring road (6)

Manb Sanglo at Ring road (5)

Manb Sanglo at Ring road (4)

Manb Sanglo at Ring road (3)

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment