Comments Add Comment

नाकाबन्दीपछि लिफ्ट मागेर काम चलाएकी छुः दीपाश्री

deepa

काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धनको अभाव भएपछि दीपाश्री निरौलाले लिफ्ट मागेर काम चलाउन थालेका छिन् ।

प्राय कार्यक्रममा उनी एक्लै जान्निन् । ‘अलि अलि भएको तेल जोगाउनै पर्‍यो अचेल कार्यक्रममा जाँदा प्राय दीपकजीकै गाडीमा जाने गरेकी छु ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

कँही जानु पर्‍यो भने दीपकसँग सल्लाह गर्ने गरेकी छिन् । कसको गाडी लैजाने भनेर । ‘कहिले दीपकजीको गाडीमा जान्छु कहिले आफ्नो गाडीमा दीपकजीलाई लैजान्छु ।’ उनले भनिन् । छोटो दुरीमा हिंडेरै पनि पुग्ने गरेकी रहिछन् ।

नाकाबन्दी सुरु भएयता उनले तीनसय रुपैयाँको दरले ४५ लिटर पेट्रोल किनी सकिन् । त्यसो त उनले दीपकराजसँग सापटी पनि मागेकी रहिछन् ।

विराटनगरवाट ग्यास

उनको परिवारका अन्य सदस्य बिराटनगरमै बस्छन् । बिराटनगरमा ग्यास नपाएपनि दैनिकी धान्न त्यति गार्‍हो छैन । त्यसो त उनको घरमा बुबाले दाउरा बाल्ने चुल्हो पनि बनाएका छन् । घरमा चुल्हो बनाएपछि घरको ग्यास काठमाडौ ल्याएको बताइन् । ‘बुबाले चुल्हो बनाएपछि मलाई ग्यास पठाइदिनु भयो अहिले त्यहि बालेकी छु ।’ दीपाले भनिन् ।

बिजुलीवाट चल्ने इन्डक्सन चुल्हो पनि किनेकी छिन् । लोडसेडिङको कारण उक्त चुल्होको मन फुकाएर प्रयोग गर्न पाएकी छैनन् ।
खाद्यान्ह पनि काठमाडौमा महंगो भएकाले दिदीहरुले विराटनगरवाट पठाइदिएका छन् उनलाई ।

मजदुरले कसरि खालान् ?

यो हाहाकारमा दैनिक ज्यालादारी गर्नेहरुको जनजीवन कष्टकर भएको बुझेकी छिन् उनले । ‘हामी त जसो तसो धानौंला दिन दिनै काम गरेर परिवार पाल्नेहरु कसरि बाँच्लान् ?’ उनले प्रश्न गरिन् ।

जतिसक्दो चाँडो यो समस्याको समाधान गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह पनि गरिन् । माओवादी जनयुद्ध समेत संवादवाटै सल्टिएको बताउँदै उनले अहिलेको समस्यालाई पनि संवादवाटै हल गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment