Comments Add Comment

विपाशाको अनुहार जल्यो

bipasa

मुम्बई । सुटिङको क्रममा अभिनेत्री विपाशा बसुको हात र अनुहार जलेको छ । हेयरस्टाइलिसको लापर्वाहीको कारण उनको अनुहारको छाला डढेको बताइएको छ ।

यो घटनावाट दुःखी विपाशाले जलेको भाग देखिने अनुहार र हातको तस्वीर ट्वीटरमा पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन् ‘अहिले म सुटिङ गरिरहेकी छु ।’

दुर्घटनापछि चिन्तित भएका प्रशंसकहरुलाई धन्यवाद भन्दै उनले लेखेकी छिन् ‘लापर्वाहीको कारण दुर्घटना भयो तर, म पोलेको दाग लुकाएरै सुटिङ गरिरहेकी छु ।’ साथै उनले केही दिनमा दाग हराउने पनि उल्लेख गरेकी छिन् ।

विपाशा अहिले सानो पर्दामा काम गर्न थालेकी छिन् । सिरियल होष्ट गर्ने तयारीमा रहेकी विपाशा सिरियलको सुटिङको क्रममा दुर्घटनामा परेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment