Comments Add Comment

धपक्कै बलेको छ यूएई (फोटो फिचर)

capital_gate_abu_dhabi_r070610_1

रामप्रसाद ढुंगेल

यूएई । यूएईका सातै इमिरेट झकिझकाउ देखिएका छन् । घरघरमा राष्ट्रिय झन्डा फरफराइ रहेका छन् ।

थरिथरिका बिजुली बत्तीले गगनचुम्बी महलहरु धपक्कै बलेका छन् । सफा, चिल्ला र फराकिला बाटाहरुमा ४४ अंकित संकेतका साथमा सप्तरंगी इलेक्टिक बत्तीहरु बलिरहेका छन् । स्थानीय नागरिक तथा बालबालिकाहरु गालाभरी झन्डा र ४४ नम्बर पोतेर कुनै फनपार्क, सामुद्री किनार या सपीङ मलहरुमा डुलिरहका भेटिन्छन् । खजुरका बोटहरु पनि धपक्कै बलेका छन् । बेहुलीझै सिंगारिएको छ यूएई अर्थात् संयुक्त अबर इमिरेट । यस्तो लाग्छ यूएईले कुनै ठूलै युद्ध जितेको छ ।

युद्ध त जितेकै हो यूएईले आजभन्दा ४४ वर्ष अघि । ब्रिटिस साम्राज्यबाट मुक्त भएको खुसियालीमा ४४ औ राष्ट्रिय दिवसको तयारीमा होम्मिएका यूएईका बासिन्दामा कुनै युद्ध जितेको भन्दा कम उत्साह छैन ।

national-day-2

सन् १९७१ को डिसेम्बर २ तारिख संयुक्त अरब इमिरेट ब्रिटिसहरुबाट स्वतन्त्र भई एकताको मालामा उनिएको हो । सुरुमा अबुधाबी, दुबई, सारजा, अजमान, फुजेरा र उमअलक्वीम एकताबद्ध भएका थिए भने एक वर्षपछि रासअल खेमा पनि यूएईमा आबद्ध भएको थियो । यी सातै इमिरेटको एकता, राष्ट्रियता र सहकार्यका कारण यूएई विश्वमान चित्रमा हिजो आज रातारात चम्किरहेको छ ।

विश्वकै सपिङ हबको रुपमा विकसित दुबई संसारकै अग्लो टावर, पामजुमेरा, अत्याधुनिक आर्किटेक्ट, खुल्ला अर्थनीति, यूरोपियन जीवनशैलीका कारण धेरैको चासोको केन्द्र बन्दै गएको छ ।

यतिमात्र होइन, वैदेशिक रोजगारीको सिलसिलामा चार लाखभन्दा बढी नेपाली रहेका कारण यूएई धेरै नेपालीहरुको चासोको केन्द्र बनेको छ । साधारण मजदुर, हाउसमेड देखि, होटल, सेल्स, सेक्युरिटीसम्म र बहुराष्ट्रिय कम्पनीका उच्चपदहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिति छ ।

थप तस्वीर हेर्नुहोस्

abu_dhabi_city_tour_trulygolden_tourism_dubai_uae_002

national-day-

nationla-dau-1

nationla-day-3

UAE1

UAE-National-Day

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment