Comments Add Comment

मृत्यूदर कम गर्न मलेसियामा स्वास्थ्य गोष्ठि

रामचन्द्र नेपाल

क्वालालम्पुर । मिठो सपना बोकेर रोजगारीको लागि मलेसियामा आएका नेपालीहरु कतिले सपनालाई साकार बनाएर फर्किएका छन ।

कतिको भने मलेसियामै ज्यान जाने गरेको छ । करिब नौ लाख नेपाली कार्यरत मलेसियामा मृत्युदर पनि वढदै गएको छ । यसवर्ष मात्रै चार सय २५ नेपालीको मलेसियामा ज्यान गैसकेको छ । गत वर्षको भन्दा यो सख्या निकै बढि हो । गत वर्ष तीन सय ६१ जनाको मलेसियामा ज्यान गएको थियो ।

मलेसियामा कार्यरत नेपालीहरुको मृत्यूदर बढ्दै गएको अवस्थामा नेपाली दुतावासले स्वास्थ्य गोष्ठि गरेको छ । नेपाली दूतावासको सहयोगमा मलेसियामा कार्यरत डा. श्रीराम उपाध्यायले बढ्दो मृत्यूदर कसरी कम गराउन सकिन्छ भन्नेबारे गोष्ठि मार्फत जानकारी गराए ।

मृत्यु हुनेमा सवैभन्दा बढि सुतेको सुत्यै हुने गरेको बताउदै डा. उपाध्यायले दिनभरीको थकानले निद नलाग्नु, पानीको मात्रा कम हुनु, कमसल खालका मदिराजन्य पेय पदार्थ सेवन गर्नु, निराशापन वढनु, भाषाको समस्याले गर्दा रोग आफुलाई लागेको रोगको वारेमा स्पष्ट बताउन नसक्नु, अनि कम्पनी मालिकले आफना श्रमिकलाई छिटो निको बनाएर काममा लगाउनको लागि औषधीको मात्रा बढि दिन लगाउने गरेका लगायत विभिन्न कारणले मृत्यू हुने गरेको उनले बताए ।

खानपिनमा धेरै ध्यान दिन आग्रह गर्दे नियमित अस्पतालमा पुगेर स्वास्थ संम्वन्धि जानकारी लिनु पर्ने, खाने, पिउने, हिड्ने, शारिरिक व्यायमामा ध्यान दिने गर्न सकेमा मृत्यूको मुखमा पुग्नु नपर्ने उनको धारणा थियो ।

नेपाली दुतावासका राजदुत डा.निरन्जनमान सि वस्न्यातले यस्ता गोष्ठिहरु मलेसियाको ठाउँ ठाउँमा गर्नको लागि आफुृले पहल गरिरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment