Comments Add Comment

आपूर्तिमा देखिएको असहजता चाँडै अन्त्य हुृन्छ : अर्थमन्त्री

१२ मंसिर, भैरहवा । संविधान निर्माण गरेर आफुहरुले के गल्ती गरेको भनी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गृहजिल्ला रुपन्देहीमा पुगेर प्रश्न गरेका छन् । साथै उनले आपूर्तिमा देखिएको असहजता चाँडै समाधान हुने बताएका छन् ।

Bishnu-Paudelगृहजिल्ला रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएका मन्त्री पौडेलले नेपाली जनताले संविधान बनाएर के गल्ती गरेका छन् र छिमेकीले यस्तो असहयोग गरिरहेको छ भनी प्रश्न गरे । उनले भने- हामीले सम्पूर्ण नेपाली जनतालाई अधिकार सम्पन्न हुनेगरी संविधान निर्माण गरेर के गल्ती गरयौ ?

प्रेस चौतारी रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले लोकतान्त्रिक विधिबाट संविधान निर्माण भएको बताउँदै मुलुकमा जारी समस्याको समाधानको एक मात्र उपाय भनेकै वार्ता र सम्बाद भएको बताए ।

मन्त्री पौडेलले अघोषित नाकाबन्दीको कारण मुलुकमा अत्याधिक प्रभाव परेको बताउँदै आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई पनि कुटनीतिक तवरले छिट्टै समाधान गरिने बताए ।

उनले प्रदेशको सीमांकनमा अन्तिम नभएको बताउँदै आवश्यक्ता अनुसार संशोधन समेत गर्न सकिने बताए । उनले प्रदेशको सीमांकनको विषयमा आयोग मार्फत तथा संसदीय आयोग बनाएर पनि पुनर्विचार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment