Comments Add Comment

तरकारी खेती र बङ्गुरपालनबाट मासिक तीन लाख आम्दानी

१२ मंसिर, बागलुङ। हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ ।

छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पालेका छन् । आफूले उत्पादन गरेको टमाटर बजारसम्म पुर्याउन किनेको एउटा पिकअप जिप पनि उनको आम्दानीको स्रोत बनेको छ । ‘उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफैंले पिकअप खरिद गरेको हुँ’ सार्कीले भने- ‘तरकारी र बङ्गुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पुर्याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।’

तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु तीन लाखको हाराहारीका मासिक आम्दानी हुने गरेको सार्कीले बताए ।

चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको चार लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारीखेती र बङ्गुर पालेका सार्कीले दैनिक १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउछन् । आठ वर्ष अगाडि विदेशबाट फर्किएर बङ्गुर पाल्न सुरु गर्नुभएका सार्कीले बङ्गुरको मललाई व्यवस्थापन गर्न तरकारीखेती सुरु गरेको भए पनि अहिले सोही तरकारीखेती मुख्य पेसा बन्न पुगेको छ ।

छोराछोरीको ३० परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश जानुभएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावना करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याएका छन् । ‘सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छु’ सार्कीले भने ।

सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका १६ वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउनुहुने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment